टिका को चहलपहल जारी
असोज २९- यस बर्षको बडा दशैंको मुख्य टिका लगाउने दिन हिजो भएपनी टिका लगाउनेहरुको चहलपहल बढदो क्रममा देखिन्छ । हिजोबाट देशभरीका जमराघरहरुमा देवी वसर्जन गरेर टिका लगाउन सुरु गरिएको हो । हिजो टिका लगाउन छुटेकाहरु टिकाको लागी आफन्त र मान्यजनहरु सम्म पुग्नेहरुको बाटो मा भीड देखिन्छ । नेपालका केही भागहरुमा हिजो एक दिन मात्रै टिका लगाइयो भने केही भागमा पूर्णिमाको दिनसम्म दुर्गाभवानीको टिका तथा प्रसाद लगाउने एवं मान्यजनहरुबाट आशिष लिने चलन छ । दशैंमा विशेष गरी नवविवाहित दम्पतिहरु कोसेलीका साथ पहिलोपल्ट टिको लगाउन शसुराली तथा माइती जाने परम्परा छ । यस्तो टिकाको लागि आ–आफ्नो परम्परा अनुसार कोसेली लैजाने चलन छ । दशैंको टिकाकै दिन शसुराली तथा माइती पुगेका दशभरीका अधिकांस हिन्दू नवदम्पतिहरु अहिले शसुराली तथा माइतीमै छन् । साथै दशैंमा भान्जा, भान्जीहरु मामाघर जाने, छोरी चेली माइती जाने र ज्वाँई तथा फुपाजूहरु ससुराली जाने र टिका लगाएर आशिष थाप्ने तथा भटघाट र भलाकुसारी गर्ने चलन छ । यसपालि सरकारी कार्यालयहरु भने सोमवारदेखि मात्रै खुल्नेछन् । यो वर्ष दशैंको द्वादसी शुक्रबार परेको र आईतवार मुसलमानहरुको चाड परेकाले सोमबारदेखि मात्रै सरकारी कार्यालयहरु खुल्ने भएका हुन् ।
प्रकाशित मिति:
October 15, 2013