दलहरुको समानुपातिक तर्फका उम्मेदवारको सूचि आज तयार हुने
असोज २९- दलहरुले समानुपातिक तर्फका उम्मेदवारको सूचि आज तयार गर्नका लागी आज बिहानै बाट छलफलमा जुटेका छन् । निर्वाचन आयोगले समानुपातिको सूचिमा फेरबदल गर्न आजसम्म दिएको समय अनुसार दलहरुले आज समानुपातिक तर्फका उम्मेद्वारको सूचि तयार गर्नका लागी सक्रिय भएका हुन । त्यसका लागि आज बिहानैदेखि दलहरुका बैठक बस्दैछन । एकीकृत नेकपा माओवादीले आज समानुपातिक तर्फका उम्मेदवारको नामावलीलाई अन्तिम रुप दिन का लागीे केन्द्रीय कार्यालय र छनौट समितिको बैठकले नामावलीलाई अन्तिम रुप दिने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो फेरबदल सहितको अन्तिम सूचि आयोगका बुझाइनेछ । सापकोटाले घोषणापत्रलाई पनि आजै अन्तिम रुप दिने तयारी भइरहेको बताउनुभयो । यसैगरी नेकपा एमालेले पनि समानुपातिक तर्फका उम्मेदवारको अन्तिम सूचि तयार गर्दैछ । अहिले बिहान बस्ने स्थायी समितिको बैठकले समानुपातिकको अन्तिम सूचि तयार गर्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । हिजो सम्म मोटामोटी सूचि तयार भइसकेको र आज १२ बजेसम्म त्यसलाई अन्तिम रुप दिएर आयोगमा बुझाउन छौ–ज्ञवालीले भन्नुभयो । यसैगरी नेपाली काङ्ग्रेसले पनि समानुपातिको सूचि तयार गर्ने विषयमा छलफल गर्दैछ । सभापति सुशील कोइराला आज काठमाण्डु फर्किएलगत्तै छलफल गर्ने कांग्रेसले जनाएको छ । संविधानसभा चुनावका लागि आयोगमा दर्ता भएका अरु दलले पनि आज समानुपातिको अन्तिम सूचि बुझाउनेछन् । आयोगको कार्यतालिका अनुसार दलहरुले असोज १८ गते समानुपातिकको सूची बुझाएका थिए । दलहरुले सूचि बुझाएपछि आयोगले आजै प्रकासित गर्नेछ ।
प्रकाशित मिति:
October 15, 2013