एमाओवादीको मुखपत्रमा चुनाव बहिस्कारको समाचार
कात्तिक ५ । मंसिर ४ को निर्वाचन गराउन सेना नै परिचालन समेत गरेको अवस्थामा अब जसरी पनि चुनाव हुने भएपछि सबै उम्मेदवारहरु प्रचार प्रसारको काममा व्यस्त छन् ।
पार्टीहरुले आ-आफ्नै मुख पत्र तथा अनलाइन मुखपत्रका साथै सामाजिक सञ्जालबाट पनि चुनावी प्रचारको कामलाई अघि बढाईरहेका छन् ।
यसै अवस्थामा एकीकृत नेकपा माओवादीको मुखपत्र जस्तै मानिएको रातोपाटी डटकममा भने चुनाव विरोधी समाचार सम्प्रेषण गरिएपछि त्यसले निक्कै चर्चा पाएको छ ।
'चुनाव कुनै हालतमा सम्पन्न हुन दिँदैनौं : गजुरेल' शिर्षकको उक्त समाचारमा निर्वाचनको एक महिना अगाडि सेना परिचालन गर्नु भनेको जनता माथि तानाशाही लगाउनु भएको चुनावको विरोध गर्दै आएको नेकपा माओवादी उपाध्यक्ष सिपी गजुरेलेको भनाई छापिएको छ ।
जब की एमाओवादीकै कारण आफूहरुलाई निर्वाचनमा अलगाएको र एमाओवादीकै योजनामा सेना परिचालन गरिएको भनेर नेकपा माओवादीले भनिरहेको अवस्थामा चुनाव र सेना परिचालन विरुद्धको समाचार एमाओवादीको मुखपत्र जस्तो अनलाइनमा छापिएपछि त्यसले विभिन्न शंका समेत जन्माएको छ ।
केही समयअघि एमाओवादी निर्वाचनमा हार्ने संकेत पाएपछि चुनाव भाड्ने षड्यन्त्रमा भनेर एक दैनिकले खबर छापेको थियो । कतिपयले भने सोही नीतिलाई आत्मसात गर्दै चुनाव विरोधी समाचारलाई हाइलाइट त गरेको होइन भनेर समेत टिप्पणी गरेका छन् ।
कतिले भने चुनावमा भोट हाल्नका लागि फकाउन समाचार सम्प्रेषण गरेको हुन सक्ने अनुमान गरेका छन् ।
सेतोपाटीमा सम्भवत चुनाव विरोधी र सेना परिचालन विरुद्ध ड्यास माओवादीको भनाईको समाचार यो पहिलो पटक प्रकाशित भएको हुनसक्छ ।

उक्त अनलाइनमा छापिएको समाचार । |

प्रकाशित मिति:
October 22, 2013