एमाओवादीको चुनावी सभा बिथोलियो, विपक्षीद्धारा प्रचार सामाग्री पनि कब्जा
दिप बहादुर घर्ति/जाजरकोट
कात्तिक २५ । डाडाँगाउँ गाउँ विकास समितिको कल्पतमा सोमवार बिहान एकीकृत नेकपा (माओवादी ) ले आयोजना गरेको चुनावी सभा बैद्य माओवादी कार्यकर्ताले अबरोध गरेर प्रचार सामाग्री कब्जा गरेका छन् ।
चुनावी प्रचारका लागी क्षेत्र नं.१ का एमाओवादी उम्मेदवार शक्ति बस्नेत सहितको टोली कल्पत को विद्यालयमा पुगेपछि सभा अवरोध र सामग्री कब्जा भएको हो ।
एमाओवादीको चुनाव प्रचार टोली डाडाँगाउँ २ कल्पतको प्रावि विद्यालयमा पुग्ना वित्तिकै माथिवाट नारा जुलुस लगाउदै आएका बैद्य माओवादी कार्यकर्ताले चुनावी प्रचारका लागी प्रयोग गरिने माईक, मोवाईल लगाएतका सामाग्रीहरु कब्जा गरी ढुङ्गा मुढा गरेर विद्यायवाट गाउँ सम्म लखेटेको प्रत्यक्षदर्शिहरु बताउछन् ।
ढुङ्गा मुढा प्रयोग हुदा कता कति घाईते भए अहिले सम्म पुष्टि हुन सकिरहेको छैन । घतना स्थलको अवस्थालाई नियन्त्रण गर्न तत्काल सशस्त्र प्रहरी फोर्सलाई खटाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बैद्ये माओवादीका केन्द्रिय सदस्य गगन खड्का (जीवन) ले टेलीफोन मार्फत माईक, मोवाईल लगाएतका थुप्रै प्रचार सामाग्री कब्जा गरी एमाओवादीका उम्मेदवार सहितको चुनाव प्रचार टोलीलाई आफ्ना कार्यकर्ताले झण्डै ५ सय मिटर जत्ति लखेटेको बताए ।
उनीले कल्पतको प्राविमा एमाओवादीले आयोजना गरिएको सभा हाम्रा कार्यकर्ताले अवरोध गरेपछि सम्पन्न हुन सकेन भने । एकीकृत माओवादी श्रोतकानुसार उम्मेदवार बस्नेतको टोलीलाई लखेटेको नभई माईक मात्र खोसेर लिएको बताएको छ ।

प्रकाशित मिति:
November 11, 2013