राजधानीमै गुडिरहेको माइक्रोमा पेट्रोल बम प्रहार, एक बालक घाइते
कात्तिक २६ । ललितपुरको कुमारीपाटीमा गुडिरहेको माइक्रोबसमा अज्ञात समूहरले पेट्रोल बम प्रहार गरेको छ ।
बा १ ज ६२८८ नम्बरको माइक्रोमा पेट्रोल बम प्रहार हुँदा माइक्रोको पछाडीको सिसा फुटर एक बालक घाइते भएका छन् ।
घाइते बालकको अहिले अल्का अस्पताल जावलाखेलमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यता, ४ गते ५ बजेसम्मका लागि यातायात बन्दको घोषणा गरेको ३३ दलिय मोर्चाले काठमाडौंमा दुई वटा ट्याक्सीमा तोडफोड गरेको छ ।
काठमाडौंको सेतोपुलमा बा १ ज ७९९३ र मध्यबानेश्वरमा बा १ ज १९६२ नम्वरको ट्याक्सीमा तोडफोड गरेका छन् ।
बन्द गराउँदै हिड्ने तीन जनालाई प्रहरी वृत्त बालाजुले नियण्त्रणमा लिएको छ ।
यता, काठमाडौंको कपुरधारामा एक किलो गन पाउडर (विष्फोटक पदार्थ) फेला परेको छ । उक्त पदार्थलाई सशस्त्र प्रहरीले निष्क्रिय पारेको छ ।
प्रकाशित मिति:
November 12, 2013