एमाओवादीको सभामा बम प्रहार, कांग्रेस कार्यालयमा पनि सुतली बम फेला
कात्तिक २६ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा एमाओवादीको चुनावी आमसभा चलिरहेको बेला बम प्रहार गरिएको छ ।
आमसभालाई लक्षित गरी सोमबार दिउँसो बम प्रहार गरिएपनि बम नपड्एिका कारण क्षति भने हुन पाएन । बम प्रहारपछि आमसभामा सहभागीहरुको भागदौड मच्चिएको थियो ।
एमाओवादी ताप्लेजुङ क्षेत्र नम्बर १ का प्रत्यक्ष उम्मेदवार सञ्चपाल मादेनले सभालाई सम्बोधन गरिरहँदा बम प्रहार गरिएको थियो ।
मादेन यसअघि कार्तिक ८ गते सोही जिल्लामा आक्रमणमा समेत परेका थिए । उक्त बमलाई नेपाली सेनाको बम डिष्पोजल टोलिले निष्क्रिय पारेको थियो ।
यता, कपिलबस्तुको गजेडा गाविसस्थित नेपाली काँग्रेस क्षेत्र नम्बर १ को प्रचारप्रसार कार्यालयमा पनि सुतली बम फेला परेको प्रहरीले जनाएको छ । बमलाई सेनाको टोलीले निष्कृय पारेको छ ।
प्रकाशित मिति:
November 12, 2013