डलर र हतियार देखाएर ठगी गर्ने सार्वजनिक
पुस १५ । अमेरिकी डलर र हतियार सहित केही दिन अघि पक्राउ परेका दुई जनालाई युवालाई पर्सा प्रहरीले सार्वजनिक गरेको छ ।प्रहरीले दोलखा भिमेश्वर–११ राजेश केसी र सिन्धुपालचोकको कर्थली–१ का सोन दोर्जे शेर्पालाई प्रहरीले वीरगन्ज पथलैया सडक खण्डको विर्ताबाट पक्राउ गरी अनुसन्धान गरेको थियो ।
प्रहरीले उनीहरुको साथमा एकथान नलकटुवा पेस्तोल, तिन वटा गोली अमेरिकी डलर २ सय ९५ रुपैया बरामद प्रहरीले जनाएको छ ।
केसी र दोर्जेले बिभिन्न समयमा अमेरिकी डलर देखाउदै सर्वसाधारणलाई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेकालाई प्रहरीले हाथहतियार तथा खरखजाना मुद्दामा कारागार पठाउने तयारी भइरहेको जनाएको छ।
प्रकाशित मिति:
December 30, 2013