विश्वकै धनीको सुचिका चौधरीकै कम्पनीमा मजदुरले तलब पाएनन्, धर्ना सुरु
मंसिर १९ । विश्वकै धनी व्यक्तिहरुको सुचिमा परेका विनोद चौधरी मालिक रहेको चौधरी गु्पको सञ्चालनमा रहेको सिजी टेलिकमका मजदुरहरु आन्दोलनमा उत्रिएका छन् ।
मजदुरहरुले सरकारले तोकेको न्यूनतम तलव भत्ता नदिएको भन्दै धर्ना सुरु गरेका हुन् । विश्वकै धनी व्यक्तिका सुचिहरुमा समाहित मालिक रहेको कम्पनीले न्यूनतम पारिश्रमिक मात्र नदिएको नभई समयमै तलब समेत नदिएको भन्दै बालुवाटारस्थित सिजी टेलिकमको कार्यालयको मुल गेटमा मजदुरहरु धर्नामा बसेका हुन् ।
संघर्ष समितिका संयोजक जीवन दाहालले आफ्ना मागहरु पुरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।
प्रकाशित मिति:
December 04, 2013