विश्वकप पुगेको क्रिकेट खेलाडीहरुको भव्य नगर परिक्रमा
मंसिर १९ । टी–ट्वान्टी विश्वकपमा छनोट प्रतियोगितामा तेस्रो हुँदै विश्वकप प्रतियोगिता सुनिश्चित गरेको नेपाली क्रिकेट खेलाडीलाई काठमाडौं नगर परिक्रमा गराइएको छ ।
नक्सालस्थित होटल क्राउन प्लाजाबाट शुरु भएको नगरपरिक्रमा पुतली सडक सहीद गेट हुँदै त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदमा पुगेर समापन गरिएको थियो ।
खेलाडीहरुलाई नगर परिक्रमा गराउने क्रममा बाजागाज र झाँकीसहित घुमाइएको थियो । नेपाली क्रिकेट टोलिले आगामी वर्ष बंगलादेशमा हुने टि–ट्वान्टी विश्वकप खेलमा भाग लिनेछ ।
प्रकाशित मिति:
December 04, 2013