आफन्तका माग सम्बोधन नहुँदा रामेछाप दुर्घटनाका शव सड्न थाले
रामेछाप मंसिर १९ । गत सोमबार बस दुर्घटनामा परी मृत्यु भएकाहरुका आफन्तले शव नबुझेपछि जिल्ला अस्पतालमा राखिएको शवहरु सड्न थालेको छन् ।
मृतकका परिवारले प्रतिमृतक १० लाख क्षतिपूर्ति पाउनुपर्ने । घाइतेको उपचारमा लाग्नै सबै खर्च समितिले बेहोर्नुपर्ने । मृतकका आफन्तहरुलाई तत्काल ५० हजार राहत उपलब्ध गरायनु पर्ने, अपांग भएका व्यक्तिको जीविकोपार्जनका लागि उचित व्यवस्था गर्नुपर्ने, जिल्लामा पुराना गाडी सञ्चालनमा रोक लगाउनुपर्ने, चालकलाई हदैसम्मको कारबाही गर्नुपर्ने, क्षमताभन्दा बढी यात्रु बोक्न रोक लगाउनु पर्ने र शवलाई घरघरसम्म पुर्याउनुपर्नेलगायतका माग राखेका छन् ।
मंगलबार एक विज्ञप्ति निकाली मृतकका आफन्तले यस्तो माग अघि सारेका थिए ।
घटनाका सम्बन्धमा सोमबार साँझ निमित्त सहायक प्रजिअ सुन्दर भट्टराई संयोजकत्वमा अरनिको यातायात सेवा समिति प्रतिनिधि कुमार चौहान, सञ्चारकर्मी दीपक भट्ट र सुरक्षा निकाय प्रमुख र मृतकका फन्तहरूसमेत भएको छलफलमा उनीहरूले प्रतिव्यक्ति १० लाख माग गरेका हुन् । यातायात समितिका प्रतिनिधिले भने कानुनबमोजिम मृतकका परिवारले पाउने १ लाख २५ हजार दिने बताएपछि राति ११ बजेसम्म बसेको बैठक बिनानिष्कर्ष टुंगिएको बताइएको छ । परिवारले सोही विषयलाई लिएर मंगलबार रामेछाप बजारमा नारा जुलुस गरेका थिए । उक्त ठाउँमा तनाव उत्पन्न भएपछि सदरमुकाम मन्थलीबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको थप बल पठाएको जिल्ला प्रहरीले जनाएको छ ।
सोही घटनालाई लिएर जिल्ला प्रशासनले सदरमुकाममा १० बजे आह्वान गरेको वार्तामा मृतकका आफन्त नआएपछि बैठक सरेको थियो ।
गाडी दुर्घटनामा परी सोमबार बिहान सात जनाको मृत्यु भएको थियो करीब दुइ दर्जन व्यक्तिहरु घाइते भएका थिए ।
प्रकाशित मिति:
December 04, 2013