उपसभापति पौडेल र अमेरिकी राजदूतबीच भेट
काठमाडौ, मंसिर १९ - काँग्रेसका उपसभापति रामचन्द्र पौडेल र नेपालका
लागि अमेरिकाका कार्यवाहक राजदूत चाल्र्स कारवाईलबीच बुधबार बिहान
भेटवार्ता भएको छ ।
उपसभापति पौडेल निवास बोहोराटारमा भएको सो भेटमा कार्यवाहक राजदूत चाल्र्सले संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिँदै दलहरूबीचको सहमतिबाट सरकार तथा संविधान निर्माण हुने विश्वास व्यक्त गरेको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले बताए ।
उपसभापति पौडेलले निर्वाचनका क्रममा अन्तर्राष्ट्रिय समुदायबाट भएको सहयोगप्रति आभार व्यक्त गर्दै निर्वाचनबाट प्राप्त जनादेश र सहमतिमा सरकार गठन र संविधान लेखनका दुवै कार्य हुने विश्वास व्यक्त गरेका थिए । रासस

प्रकाशित मिति:
December 04, 2013