१७ किलो सुन सहित नेपाली महिला पक्राउ
सिन्धुपाल्चोक मंसिर १९ । १७ किलो अवैध सुनसहित एक नेपाली महिला सिन्धुपाल्चोकको तातोपानी भन्सारमा पक्राउ परेकी छन् ।
ल्हामो तामाङ नाम गरेकी ती महिला सिन्धुपाल्चोक मार्मिन ८ निवासी रहेको प्रहरीले बताएको छ ।
सुन पेटमा लुकाएर नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी र भन्सार कर्मचारीले मितेरी पुलमा उनलाई पक्राऊ गरेका हुन् । तामाङसँगै दुईजना चिनियाँ नागरीकलाई पनि पक्राउ गरिएको छ । एक महिला र एक पुरुष ति चिनियाँ नागरीकको नाम भने खुल्न सकेको छैन ।
नौ ढिक्का सुन अन्दाजी १७ केजी रहेको भन्सार कर्मचारीले बताएका छन् । उनीहरुलाई करीव ११ बजे पक्राऊ गरेको हो । अहिले उनीहरुमाथि अनुसन्धान जारी राखिएको प्रहरीले बताएका छन् ।

प्रकाशित मिति:
December 04, 2013