पनिउँले हानेर पाँच वर्षीया बालिकाको हत्या
मंसिर २७ । रोल्पामा घरछेउमै खेलिरहेकी पाँच वर्षीयाबालिकाको एक महिलाद्धारा हत्या गरेकी भएको छ । । ह्वामा गाविस–७ का ओबिराज पुनकी पाँच वर्षीया छोरी ज्योतिमायाँ पुनलाई काकी नाता पर्ने एक महिलाले खाना पकाउने पनिउँले हान्दा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।
गोठनजिकै चारपाँचजना समूहमा साथीहरूसँग खेलिरहेकी बालिकालाई कालिनी पुनले हानेपछि स्वास्थ्यचौकी ह्वामा लैजाँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको हो ।
घटनापछि फरार भएकी ती महिलाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । मृतक बालिकाका बुबा ओबिराज पुनका अनुसार यसअघि ती महिलासँग कुनै पनि रिसइबी थिएन । सदरमुकामबाट चार घण्टाको पैदल दूरीमा पर्ने घटनास्थलतर्फ प्रहरी टोली गएको बताइएको छ ।(रासस)

प्रकाशित मिति:
December 12, 2013