• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » सुडानमा नेपाली सेनामाथि विद्रोहीद्धारा मोर्टार आक्रमण, चार घाइते
सुडानमा नेपाली सेनामाथि विद्रोहीद्धारा मोर्टार आक्रमण, चार घाइते

पुस १० - शान्ति स्थापनाका लागि दक्षिणी सुडानमा खटिएको नेपाली सेनाका चार सैनिक त्यहाँस्थित विद्रोहीहरूको मोर्टार आक्रमणमा सामान्य घाइते भएका छन् ।

दक्षिणी सुडानको बोरस्थित नेपाली सेना तैनाथ युनिट परिसरमा विद्रोहीहरूले मङ्गलबार अपराहृन ४ देखि राति ८ बजेसम्म गरेको चारवटा मोर्टार आक्रमणमा परी उनीहरू घाइते भएको नेपाली सेनाले जनाएको छ । घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ ।

विद्रोहीले गरेको सो आक्रमणबाट नेपाली सेना तैनाथ युनिट परिसरमा रहेका तीनवटा ट्रक, बारुदी सुरुङ निस्तेज तुल्याउन प्रयाग गरिने एउटा सवारीसाधन, पानी प्रशोधन केन्द्र र भान्साघरमा पनि सामान्य क्षति पुगेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । -रासस

प्रकाशित मिति: December 25, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • पोर्नस्टार पनि भगवानको शरणमा
गृह पृष्ठ |