• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News, Prawas » कोरियामा नेपाली युवती दुःखमा, घरेलु हिंसा पनि धेरै
कोरियामा नेपाली युवती दुःखमा, घरेलु हिंसा पनि धेरै

पुस १० । कोरियामा रहेका नेपाली युवतीहरुमा घरेलु हिंसा धेरै रहेको र उनीहरु निक्कै दुःखी रहेको खुल्न आएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदनमा अधिकांश महिला कोरियामा अमानवीय वातावरणमा बस्न बाध्य भएको उल्लेख छ ।

कोरियाली नागरिकसँग बिहे गरेर उतै बसोबास गर्दै आएका नेपाली युवतीहरू केहीले सुख पाए पनि धेरैले दुःख पाएको जनाइएको छ ।

आयोगका तत्कालीन अध्यक्ष केदारनाथ उपाध्याय र सदस्यद्वय रामनगिना सिंह तथा प्रधानको टोलीले गत अगस्टमा कोरिया र मलेसियाको स्थलगत भ्रमण गरेर त्यहाँका नेपाली कामदार र बिहे गरेर गएका महिलाहरूबारे खोजबिन गरेको थियो । आयोगले यसरी विदेशमा गएर आफ्ना देशका नागरिकको मानव अधिकारका अवस्थामा गरेको यो पहिलो अध्ययन हो ।

नेपालमा खुलेका 'म्यारिज ब्युरो' हरूले सुन्दर सपना, समृद्ध जीवन र सुखी परिवारको आस देखाएर कोरियाका बूढा र अपांग केटाहरूसँग नेपाली युवतीलाई बिहे गराइदिने गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति: December 25, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • पोर्नस्टार पनि भगवानको शरणमा
गृह पृष्ठ |