राप्रपा नेपालको केन्द्रीय बैठक विशेष कारण देखाउँदै स्थगित
पुस १० । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको आजदेखि सुरु हुने भनिएको केन्द्रीय कार्य सम्पादन समितिको बैठक स्थगित भएको छ।
आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भनिएको सो बैठक विशेष कारणले स्थगित भएको प्रवक्ता राजाराम श्रेष्ठले बताए।
उनले केही दिनमा बैठक बस्ने जानकारी दिँदै अब बस्ने बैठकमा पछिल्लो समयमा विकास भएको राजनीतिक घटनाक्रममा पार्टीले खेल्नुपर्ने भूमिका, सङ्गठन सुदृढकरणलगायतका विषयमा छलफल हुने बताए ।
यसैबीच पार्टीले मुलुकलाई सङ्कटबाट निकास दिनका लागि ठूला राजनीतिक दललाई जिम्मेवार बन्न आग्रह गरेको छ। प्रवक्ता श्रेष्ठले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा मङ्गलबार भएको आठ दलीय सहमतिले संविधानसभालाई उपेक्षा गरी नयाँ 'सिन्डिकेट' सिर्जना गरेको टिप्पणी गर्दै निर्वाचन आयोगले समानुपातिक संविधानसभा सदस्यको नामावली बुझाउने म्याद पटकपटक थप्ने कार्यले संविधानसभालाई पूर्णता दिन ढिला हुने भनिएको छ। रासस
प्रकाशित मिति:
December 25, 2013