• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » समानुपातिकर्फको सूची बुझाउने म्याद फेरि पाँच दिन थप
समानुपातिकर्फको सूची बुझाउने म्याद फेरि पाँच दिन थप

पुस १० । निर्वाचन आयोगले समानुपातिकर्फको सूची बुझाउने म्याद फेरि पाँच दिन थप गरेको छ ।

प्रमुख दलहरुले संविधान एक वर्षभित्र जारी गर्ने सहमतिमा हस्ताक्षर गर्दै पुनः समानुपातिक सभाषद सूची बुझाउने म्याद थप गर्न आग्रह गर्ने निर्णय गरेपछि आयोगले पाँच दिनका लागि पुनः म्याद थप गरेको हो ।

आयोगले यसअघि दुई पटक म्याद थप गरिसकेको छ । पछिल्लो पटक आयोगले बुधबारसम्म समानुपतिकतर्फ निर्वाचित हुने सदस्यहरूको नामावली पेस गर्ने समयसीमा निर्धारण गरेको थियो ।

उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमाओवादीले समानुपातिक सूची बुझाउन यसअघि अस्वीकार गर्दै आएको थियो । एमाओवादीको बहानामा कांग्रेस, एमालेसहित १८ दलले पनि सूची बुझाउन सकेका छैनन् ।

बुधबार भने एमाओवादी पनि संसदबाटै संयन्त्र बनाउन सहमत भएको छ ।

प्रकाशित मिति: December 25, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • पोर्नस्टार पनि भगवानको शरणमा
गृह पृष्ठ |