२ करोड ५० लाख ठगि आरोपमा एभरेष्ट इन्स्योरेन्सका निलम्बित प्रमुख कार्यकारी पक्राउ
मंसिर २७ । एभरेष्ट इन्स्योरेन्स कम्पनीका निलम्बित प्रमुख कार्यकारी अधिकृत केबलकृष्ण श्रेष्ठलाई ठगी आरोपमा पक्राउ परेका छन् ।
कम्पनीबाट अनियमित रुपमा २ करोड ५० लाख ८९ हजार ५ सय एकासी रुपैयां ठगीमा संलग्न रहेको आरोपमा श्रेष्ठ पक्राउ परेका हुन् ।
उनलाई ललितपुरको ढोलाहिटीबाट केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
ललितपुर वडा नम्बर १५ सातदोबाटो ढोलाहिटीका श्रेष्ठले एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत रहेको समयमा बिमीत तथा लगानीकर्ताहरुको पैसा ठगी गरि विभिन्न शीर्षकमा खर्च देखाई आर्थिक अपराध गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
December 12, 2013