राजमार्गमा गुड्ने बसभित्र इन्टरनेट सेवा
मंसिर २८ । काठमाडौं, चितवन तथा पोखराको राजमार्गमा गुड्ने बसमा अब इन्टरनेट सेवा पाइने भएको छ ।
तर, सबै गाडीमा भने होइन, माउन्टेन ओभरल्यान्ड टुर्स एन्ड ट्राभल्सको बसमा यात्रारत यात्रुहरुले भने यो सेवा पाउने भएका हुन् ।
पोखराको उक्त ट्राभल्सले राजमार्गमा गुड्ने बसभित्रै इन्टरनेट सेवा दिन थालेपछि उक्त रुटमा पहिलोपटक यसरी नियमित रुपमा बसभित्रै इन्टरनेट सेवा उपलब्ध हुने भएको छ ।
बसमा यात्रा गर्ने स्वदेशी तथा विदेशी यात्रुको सुविधालाई ध्यानमा राखेर बसभित्रै निःशुल्क वाइफाई सेवा दिन थालिएको बसका सञ्चालक सोम थापाले बताएका छन् ।
राजमार्गका केही खोंच र घुम्तीबाहेक अन्यत्र यो सेवा सहज भएको बताइएको छ ।
प्रकाशित मिति:
December 13, 2013