कतारबाट २९७ नेपाली नेपाल फकाईयो
मंसिर २८ । भनिएको भन्दा पनि अति कम तलबमा काम लगाएको भन्दै आन्दोलनमा उत्रिएका नेपालीमध्ये २ सय ९७ जना नेपाललाई नेपाल फर्काइएको छ ।
त्यहाँको श्रम बिभाग, कम्पनीका उच्च अधिकारीहरुको छलफल अनुसार फिर्ता जान इच्छुक ५ सय २२ जनामध्ये उनीहरुलाई स्वदेश पठाइएको हो ।
'दुई सय ९७ जना घर जाने टुंगो लागेको छ । दुई सय २५ जना काममा फर्केका छन्, र्फकनेलाई पाउनुपर्ने सबै सुबिधा दिएर पठाएको छ भने काममा र्फकनेलाई कामदारले माग गरेको तलब पाउनेछन्' नेपाली दुताबासका श्रम सहचरी इन्द्रदेब पाण्डेले कान्तिपुरमा होम कार्कीले लेखेको समाचारमा भनेका छन्, 'अब यही काममा र्फकने कामदारको तलब १ हजार थप गरी १२ सय रियाल हुनेछ ।'
गत शुक्रबारदेखि कडा रुपमा हड्तालमा उत्रिएपछि प्रहरीले सबै कामदारलाई नियन्त्रणमा लिई घर फिर्ती केन्द्र (डिपोर्टटेशन सेन्टर) ल्याएर राखेको थियो । उनीहरुले न्युनतम तलब ४ सय ५० रियालमा काममा लगाइरहेको, भिसा शुल्क काटेको, क्याम्पमा खानाको प्रबन्ध नभएको भन्दै हड्तालमा उत्रिएका थिए ।
प्रकाशित मिति:
December 13, 2013