४२ लाख रुपैयाँको सेयरमा ८५ करोड रुपैयाँको आवेदन
मंसिर २८ । नागबेली लघुवित्त बिकास बैंकको प्राथमिक सेयर निष्कासन (आइपीओ) अन्तर्गत ४२ लाख रुपैयाँको सेयर आवेदन गरिएकोमा ८५ करोड रुपैयाँको आवेदन परेको छ । यो करिब २ सय गुणा बढी हुन आउँछ ।
नागबेलीका बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार प्रारम्भिक विवरणका आधारमा यति आवेदन परेको हो ।
गत आइतवारबाट नागबेली लधुवित्त बिकास बैंकले ४२ लाख ९० हजार रुपैयाँ बराबरको ४२ हजार नौं सय कित्ता सेयर निष्कासन गरेको हो । बैंकको सेयरमा अत्यधिक चाप परेपछि तोकिएको चाँडो बन्द मिती मंसीर २६ गते नै निष्कासन बन्द गरिएको थियो ।
लगानी असुरक्षित डरले नयाँ उद्योग कलकारखाना सुरु हुन नसक्दा साधारण लगानीकर्ताहरु बैंकको सेयरप्रति आकर्षित हुन थालेका हुन् । देशमा स्थायी राजनीति नहुँदा उद्योग कलकारखानामा लगानी हुन सकिरहेको छैन ।

प्रकाशित मिति:
December 13, 2013