• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » कांग्रेसमा चन्दा दिएर सभासद् बन्न खोज्ने जिल्लिदैं
कांग्रेसमा चन्दा दिएर सभासद् बन्न खोज्ने जिल्लिदैं

पुस १५ । चुनावपछि पहिलो ठूलो दल बनेको नेपाली कांग्रेसले चन्दा दिएर सभाषद बन्न खोज्ने व्यापारीलाई सभाषद नबनाउने निर्णय गरेको छ ।

एमालेले पार्टीमा लामो समयदेखि योगदान गरेकालाई छोडेर व्यापारीलाई सभासद् बनाउँदा चर्को विरोध आएपछि कांग्रेसमा ‘दाता’ लाई सभासद् नबनाउने सहमति भएको हो।

समानुपातिक कोटामा परेका ९१ जना सभासद्को नाम छान्न आइतबार बसेको संसदीय समितिको बैठकमा व्यापारीलाई सभासद् नबनाउने सहमति भएको हो।

संविधानसभा चुनाउमा पार्टीलाई आर्थिक सहयोग गरेका शशिकान्त अग्रवाल, मेहश जाजु, खुमाप्रसाद अर्याल, दिव्यराज राजभण्डारी, ओमप्रकाश शर्मा, तिलक रानाभाटलगायत व्यापारीलाई सभासद् बनाउँदा पार्टीमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका केन्द्रीय नेता नै छुट्ने भएपछि बैठकमा विवाद भएको थियो। व्यापारी अर्याललाई वरिष्ठ नेता शेरबहादुर देउवाले र बाँकीलाई सभापति सुशील कोइरालाले सभासद् बनाउन प्रस्ताव राखेको बताइएको छ ।

कोइराला पक्षबाट ५५ र देउवा पक्षबाट ३६ जना सभासद् बनाउने सहमति भने भएको खबर अन्नपूर्णमा छ ।

प्रकाशित मिति: December 30, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |