यसरी हारेकी थिइन् प्रचण्डपुत्री !
समाचार टिप्पणी
केही पुराना बस्ती बाहेक विगत २०/२५ बर्षदेखि तीव्र बसाइँ सराइको प्रक्रियाबाट निर्मित काठमाडौं १ निर्वाचन क्षेत्र आफ्नोपुख्र्यौली जायजेथा राम्रै भएका, विदेशमा गएर राम्रो कमाइ गरेर फर्केका, एकाएक अदृष्य स्रोत परिचालन गरेर वर्ग रुपान्तरण भएका मानिसहरु ७५ प्रतिशत बसोवास गर्ने आँकडा पाइन्छ ।
प्रचारका दृष्टीले सुरुदेखि नै रेणु दाहालको रफ्तार अन्य प्रतिस्पर्धीका तुलनमा अगाडि नै देखिन्थ्यो । सुरुमा पार्टीमा रेणुलाई उम्मेदवार बनाउने कुरामा निकै असन्तोष थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहालले नैकाठमाडौं एक नं मा जित हासिल गर्न सकिन्न भनेर पार्टीका नेता कार्यकर्ताको ध्यान मोड्ने काम गरे । परिवारवादको उम्कनै नसक्ने दलदलमा फसेका पुष्पकमलको मक्सद भने अलिकति आफ्नो उत्तराधिकारीको रुपमा आशा गरेकी छोरीलाई सकेसम्म जुनसुकै उपाय लगाएर जिताउने उसो नभए पनि स्ट्याटस बढाउने ध्येका साथ उनले छोरीलाई १ न. निर्वाचन क्षेत्रको उम्मेदवार बनाएको पार्टी भित्र चर्चा थियो ।
केही पुराना बस्ती बाहेक विगत २०/२५ बर्षदेखि तीव्र बसाइँ सराइको प्रक्रियाबाट निर्मित काठमाडौं १ निर्वाचन क्षेत्र आफ्नोपुख्र्यौली जायजेथा राम्रै भएका, विदेशमा गएर राम्रो कमाइ गरेर फर्केका, एकाएक अदृष्य स्रोत परिचालन गरेर वर्ग रुपान्तरण भएका मानिसहरु ७५ प्रतिशत बसोवास गर्ने आँकडा पाइन्छ ।
यसो हुँदा एमाओवादीले हिजोको दिनमा जुन खालको नीति लियो, व्यवहार देखायो त्यस कारण यस क्षेत्रका मतदाताले विश्वास गरिहाल्न सक्ने स्थिति रहेन । अर्कोतिर चिर परिचित र पूर्वनिवाचित कांग्रेसको नेतृत्व यस क्षेत्रमा चुनाव लडेको थियो ।
सूरुमा चुनाव जितिन्न भन्ने नै क्षेत्रमा लामो समयदेखि क्रियासील नेता कार्यकर्ताको निष्कर्ष थियो । दोस्रो बन्न जोड, बल गर्नुपर्छ भन्ने आम सहमति जस्तै थियो । जब पुष्पकमलका नजिक मानिएका YCL पूर्व संयोजक चन्द्र बहादुर थापा सागर रेणु दहालको चुनाव प्रचार प्रसारको प्रमुख भएर आए उनले सभ्य भाषामा केटाहरु भन्ने गरिएका आफ्ना सम्पर्कमा रहेका सबै जसो समुहहरु जोडे । एक दिनमा पाँच वटा पार्टी सम्मको निर्वाचन कार्यलय धाएर हामी यसै पार्टीलाई चुनावमा सघाउछौं तर केटाहरुलाई परिचालन गर्ने खर्च यती चाहिन्छ भनेर बोलकबुल गर्ने समुहको भिडले एमाओवादीकी नेतृ रेणु दहाललाई राम्रैसँग पछ्यायो । उनले हजारौंको संख्यामा उपस्थित टाउकाहरु जो उनको क्षेत्रमा विरैलैले एक दुई जना मात्र भोटर्स थिए । रेणुले पनि चुनाव जित्ने सपना बुन्न थालिन । सागरले उनको आर्थिक चुनावी रणनीति बनाए । वावु पुष्पकमलसँग आधा करोडको हाराहरीमा पैसा ल्याउन सके चुनाव जितिन्छ । नेतृ दाहालले अव चुनाव जित्ने अर्को पनि आधार भेटिन पुष्पकमलकी छोरी हुनु । तब सुरु भयो नयाँ बानेश्वर छेउछाउका स्टयाण्डर्ड होटल र रेष्टुरेटतिर लाखौंका विटा सागर र रेणु मार्फत् नै पास हुन थाले आसेपासेहरुको झोलातिर ।
कार्यकर्ता चाहि चुनाव जितिन्न भन्नेमा ढुक्क जस्तै थिए । अहोरात्र खट्ने कार्यकर्ताको आवस्यकता पुरा गर्न चुनावको बेला सम्म ध्यान दिइएन । एक नं निर्वाचन क्षेत्रमा विगत लामो समयदेखि क्रियाशील एक राज्य समिति स्तरका कार्यकर्ताले भने "हाम्रो त आफ्नो भएको थोत्रो मोटरसाइकल समेत चुनावका वेला तिन जना राखेर चलाएर चढ्न नहृने भएर थन्क्याएर राखेको छ ।" सिन्को नभाच्ने समुहले पार्टीको झण्डै आधा करोड खाएको हाम्रो आशंका छ । सागरले कति खाए रेणुले कति राखिन? कुनै हिसव छैन । चार गते सम्म सवै सँगै थियौं । अहिले कसैको कसैसित फोन सम्पर्क सम्म छैन ।"
काठमाण्डौं महानगर पालिका अन्तर्गत १०, ३४, ११ र ३२ न. वडामा आधारित काठमाण्डौं १ न. निर्वाचन क्षेत्र गत संविधान सभाको चुनावमा निक्कै चर्चामा थियो । कारण गत चुनावमा त्यसै क्षेत्रबाट विजयी कांग्रेसका महामन्त्रि प्रकाशमान सिह,एमालेकी स्थानीय चर्चित महिला नेतृ विद्या न्यौपाने र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेणुले एकसाथ चुनाव लडेका थिए ।
प्रकाशित मिति:
December 03, 2013