सहमति नजुटे बहुमतकै आधारमा सरकार : कोइराला
मंसिर १८ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले राष्ट्रिय सहमति नबने बहुमतकै आधारमा सरकार बन्ने बताएका छन् ।
युरोपेली युनियनका राजदूतहरुसँग मंगलबार भएको भेटमा कोइरालाले राष्ट्रिय सहमतिको सरकार गठनको प्रयास भैरहेको भन्दै अन्तिमसम्म सहमतिका लाचगि प्रयास जारी राखिने समेत बताएका छन् ।
भेटमा कोइरालाले सरकारमा एकीकृत माओवादी, नेकपा–माओवादी लगायत दलको सहमति जुटाउने प्रयास भैरहेको भन्दै अन्तिममा पनि सहमति नजुटेमा भने बहुमतको सरकार बन्ने समेत बताएको जनाइएको छ ।
युरोपेली युनियनको टोलीले छिटो संविधान बनाएर स्थानीय निकायको चुनाव गराउन सुझाव दिएको थियो ।
प्रकाशित मिति:
December 03, 2013