• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » पैसाको नोटमा पृथ्वीनारायण शाहको तस्बिर राख्न माग
पैसाको नोटमा पृथ्वीनारायण शाहको तस्बिर राख्न माग

पुस १४ । नुवाकोटमा रुपैयाँ पैसाको नोटमा पृथ्वीनारायण शाहको तस्बिर राख्न माग गर्दै मन्त्री परिषदका अध्यक्षलाई ज्ञापन पत्र बुझाइएको छ ।

नागरिक मूल समारोह समिति नुवाकोटले जिल्ला प्रशासन कार्यालयमार्फत मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई पत्र पठाएर राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर अंकित नोट प्रचलनमा ल्याउन माग गरेको छ ।

ज्ञापन पत्रमा राष्ट्र पृथ्वीनारायण शाहको तस्बिर अंकित नोट प्रचलनमा ल्याउन र पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको रुपमा मनाउन र सार्वजनिक विदा दिन माग गरिएको छ ।

नेपाल राष्ट्रको निर्माता पृथ्वीनारायण शाह भएको उल्लेख गर्दै नेपाल देशलाई भिल्लहरुको देश नबनाउन र राष्ट्र निर्माता बडामहाराजाधिराजको सम्मानमा नेपाल राष्ट्रको एकताको गाठो कस्न पुस २७ लाई राष्ट्रिय पर्वको रुपमा हर्षोल्लासका साथ मनाउने परम्परा बहाल गर्न माग गरिएको छ ।

प्रकाशित मिति: December 29, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |