सेना र आयोगले नै धादली गरेको एमाओवादी कार्यदलको ठहर
मंसिर २० । एकीकृत नेकपा माओवादीद्धारा गठित उच्चस्तरीय छानबिन कार्यदलले संविधानसभा दोस्रो चुनावमा सुरक्षा संयन्त्र र निर्वाचन आयोगले संस्थागत रुपमा धा“दली गरेको ठहर गरेको छ ।
पार्टी कार्यालय पेरिसडाडामा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी नेता वर्षमान पुन संयोजक रहेर्को संविधानसभा निर्वाचन २०७० मा भएका गम्भीर षड्यन्त्र एवं धादलीको सत्यतथ्य संकलन उच्चस्तरीय कार्यदल’ले नीतिगत, प्रक्रियागत र संस्थागत रुपमै धा“दली भएको प्रतिवेदन सार्वजनिक गरेको हो ।
कार्यदलका प्रमुख एवम् एमाओवादी नेता पुनले सेनाले मत पेटिका नियन्त्रणमा लिएको र आयोगले १० बु“दे सर्कुलरविपरित गएर निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक प्रणाली तर्फको निर्वाचनमा फरक फरक मतपेटिका प्रयोग गरेको पाइएको बताए । सुरक्षा परिषद्ले सेना तेस्रो घेरामा बस्ने भनेको थियो, कार्यदलको प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पुनले भने, तर सेनाले मतपेटिका बोकेर हिंडेको छ, यो किन गरियो ?
प्रतिवेदनमा अधिकांश मतदान केन्द्रबाट भण्डारण स्थलसम्म मतपेटिका ढुवानी गर्ने जिम्मेवारी तेस्रो घेराको सुरक्षा निकायको जिम्मामा दिइएको र अधिकांश मतदान केन्द्रंमा सेनाको ब्यारेकलाई मतपेटिका भण्डारण गर्ने स्थलका रुपमा प्रयोग गरिएको समेत उल्लेख गरिएको छ । सुरक्षाको व्यवस्थापनमा तेस्रो घेरामा सुरक्षाको जिम्मा लिने सेनाले मतपेटिका संकलन भण्डारण र गणनास्थलमा पहिलो घेरामा राख्ने काम भएकोले निर्वाचनमा स्वतन्त्रता निष्पक्षता र पारदर्शितामा गम्भीर प्रश्न उठेको छ’ प्रतिवेदनमा भनिएको छ ।र्
सेनालाई सुरक्षा गर्न मात्रै अधिकार दिइएको थियो । तर सेनाले न मतपेटिका बोकेर हिड्नुले पनि निर्वाचन षड्यन्त्र र धादली भएको प्रष्टिन्छ’ नेता पुनले भनेर्, मत पेटिका सदरमुकाम पुर्याउन एक घण्टा समय लाग्ने स्थलबाट मतपेटिका सदरमुकाम पुर्याउन चार घण्टासम्म समेत लगाइयो ।’
कार्यदल संयोजक पुनले गोरखा २ मा मतपेटिकास“गै पार्टीका कार्यकर्ता पनि जानुपर्ने भनि विरोध गर्दा त्यहा“का एमाओवादी उम्मेदवारलाई थर्काउन सेनाले मिस फायर गरेको समेत उल्लेख गरे । सेनाले दलका प्रतिनिधि तथा निर्वाचन अधिकृतलाई समेत गाडीमा चढ्न दिएनन्, उनले भने, मतपेटिका बोकेर घण्टौंसम्म व्यारेकमा समेत राखेको पाइयो ।
कार्यदल संयोजक पुनले निर्वाचनमा आयोगले नै धा“दली गरेको स्पष्ट भएको समेत दाबी गरेका छन् । निर्वाचन आयोगको १० बु“दे सर्कुलरमा प्रत्यक्षमा सानो मत पेटिका र समानुपातिकतर्फ ठूलो मतपेटिका प्रयोग गर्ने भनिएको थियो, प्रतिवेदन सार्वजनिक गर्दै संयोजक पुनले भने, तर पछि निर्वाचन आयोगले सानो र ठूलो मतपेटिकाहरु स्थानीय स्तरमा उपलब्ध भए अनुसारको प्रयोग गर्न निर्देशन दिएको पाइएको छ, यसले निर्वाचन मा षड्न्त्र र धा“दली भएको स्पष्ट पार्छ ।
कार्यदलको प्रतिवेदनमा मतपत्रमा कालो मसीले हस्ताक्षर भएको मतपत्रलाई मात्रै मान्यता दिने भनिएको भएपनि अन्तिम समयमा आएर रातो लगायत अन्य रंगको मसीले हस्ताक्षर गरिएको मतपत्रलाई समेत मान्यता दिएको उल्लेख गरिएको छ ।
कार्यदलले प्रस्तुत गरेको सत्य–तथ्यको आधिकारिकता र प्रामाणिकताको पुष्टी गर्ने एक मात्र सशक्त उपाय भनेको स्वतन्त्र एवं निश्पक्ष आयोग गठन गरी सो आयोगले गर्ने छानविन नै भएको छानबिन कार्यदलको ठहर रहेको छ । संविधान सभा अदालतले कुनै उम्मेदवार विशेष वा कुनै मतदान विशेषमा भएको दावी उजुरीका वारेमा निर्णय गर्ने भन्दै एमाओवादीले आयोगको समग्र निष्पक्षता माथि नै प्रश्न गरिरहेको सन्दर्भमा संविधान सभा अदालतको माध्यमबाट राजनैतिक प्रकृतिको छानवीन सम्भव नहुने भएकाले कार्यदल एक उच्चस्तरीय निष्पक्ष एवं स्वतन्त्र छानवीन आयोग गठन गर्न समेत सिफारिस गरिएको छ, उक्त प्रतिवेदनमा उल्लेख छ ।
प्रकाशित मिति:
December 05, 2013