काठमाडौं संसारमै तेस्रो उत्कृष्ट पर्यटन गन्तब्य
मंसिर २० । संसारकै दस उदीयमान पर्यटन गन्तव्यमा राजधानी काठमाडौं तेस्रो र एसियामा पहिलो स्थानमा पर्न सफल भएको छ ।
विश्वभरका पर्यटकहरुको रोजाईको आधारमा तयार पारिएको एक सर्वेमा नेपाल विश्वकै तेस्रो स्थानमा परेको हो । काठमाडौं उत्कृष्ट दस उदीयमान पर्यटन गन्तव्यमा तेस्रो पर्नु त छँदै छ भने दक्षिण एसियाका अन्य कुनै पनि देश तथा शहर उक्त सुचिमा अटाउन समेत सकेका छैनन् ।
संसारकै सबैभन्दा ठूलो ट्राभल वेबसाइट ‘ट्रिप एडभाइजर’ले पर्यटकहरुको प्रतिक्रिया र समीक्षाका आधारमा काठमाडौंलाई उक्त स्थानमा हो । यो खबरलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समेत स्थान दिएका छन् भने नागरिक दैनिकले पनि आज खबर छापेको छ ।
सूचीको पहिलो स्थानमा भने क्युवाको हवाना र दोस्रोमा कोस्टारिकाको ला फोर्चुना डे सान कार्लोस छन्।
ट्रिप एडभाइजरले लाखौं पर्यटकको छनोटका आधारमा संसारका उद्यमान दस गन्तव्य सूची सार्वजनिक गरेको हो ।
संसारमा ठूला टुर अपरेटरले यो सूचीलाई आफ्नो 'ब्रोसर' मा राख्ने भएकाले यसबाट नेपाललाई उल्लेख्य फाइदा पुग्ने पर्यटन व्यवसायीहरुको भनाई छ ।
ट्रिप एडभाइजरको उत्कृष्ट उदीयमान गन्तव्यको सूचीमा काठमाडौं पर्नु नेपालको पर्यटन क्षेत्रका लागि ठूलो उपलब्धि भएको पर्यटन बोर्डका पदाधिकारीहरु बताउँछन् ।
विश्वभरका पर्यटकहरुको टप थ्री रोजाईमा काठमाडौं परे पनि नेपाल सरकारले भने पर्यटकहरुलाई सुविधा पुग्ने गरी काम गरेको पाइएको छैन ।
सरसफाई, पर्यटकहरुको सुरक्षाको प्रत्याभूति, पर्यटकिय स्थलको मर्मत तथा पुनःसंरचना, बन्द हड्ताल अन्त्य हुनुु हो भने नेपालले पर्यटकिय क्षेत्रमा छलाङ मार्ने पर्यटक व्यवसायीहरु बताउँछन् ।
विश्वभरका पर्यटकहरुको रोजाईको आधारमा तयार पारिएको एक सर्वेमा नेपाल विश्वकै तेस्रो स्थानमा परेको हो । काठमाडौं उत्कृष्ट दस उदीयमान पर्यटन गन्तव्यमा तेस्रो पर्नु त छँदै छ भने दक्षिण एसियाका अन्य कुनै पनि देश तथा शहर उक्त सुचिमा अटाउन समेत सकेका छैनन् ।
संसारकै सबैभन्दा ठूलो ट्राभल वेबसाइट ‘ट्रिप एडभाइजर’ले पर्यटकहरुको प्रतिक्रिया र समीक्षाका आधारमा काठमाडौंलाई उक्त स्थानमा हो । यो खबरलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समेत स्थान दिएका छन् भने नागरिक दैनिकले पनि आज खबर छापेको छ ।
स्वयम्भूबाट देखिएको काठमाडौंको दृश्य । तस्बीरः हेलोखबर डटकम |
ट्रिप एडभाइजरले लाखौं पर्यटकको छनोटका आधारमा संसारका उद्यमान दस गन्तव्य सूची सार्वजनिक गरेको हो ।
संसारमा ठूला टुर अपरेटरले यो सूचीलाई आफ्नो 'ब्रोसर' मा राख्ने भएकाले यसबाट नेपाललाई उल्लेख्य फाइदा पुग्ने पर्यटन व्यवसायीहरुको भनाई छ ।
ट्रिप एडभाइजरको उत्कृष्ट उदीयमान गन्तव्यको सूचीमा काठमाडौं पर्नु नेपालको पर्यटन क्षेत्रका लागि ठूलो उपलब्धि भएको पर्यटन बोर्डका पदाधिकारीहरु बताउँछन् ।
विश्वभरका पर्यटकहरुको टप थ्री रोजाईमा काठमाडौं परे पनि नेपाल सरकारले भने पर्यटकहरुलाई सुविधा पुग्ने गरी काम गरेको पाइएको छैन ।
सरसफाई, पर्यटकहरुको सुरक्षाको प्रत्याभूति, पर्यटकिय स्थलको मर्मत तथा पुनःसंरचना, बन्द हड्ताल अन्त्य हुनुु हो भने नेपालले पर्यटकिय क्षेत्रमा छलाङ मार्ने पर्यटक व्यवसायीहरु बताउँछन् ।
प्रकाशित मिति:
December 05, 2013