ट्रक पल्टिँदा एकको मृत्यु, अर्का एक घाइते
मंसिर २० – नवलपरासीमा ना ३ ख २७ ५१ नम्बरको ट्रक पल्टिदा एक जनाको ज्यान गएको छ ।
जिल्लाको चोरमारामा बुधबार राती ट्रक पल्टिँदा एक जनाको ज्यान गएको हो भने अर्का एक जना घाइते भएका छन् ।
ट्रक अनियन्त्रित भइ विजुलीको पोलमा ठोक्किँदा सप्तरीका खड्कबहादुर कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते ट्रकका चालकको चितवनमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति:
December 05, 2013