जहाजलाई घेरेर सुन खोज्दा...!
मंसिर २० । राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरी टोलीले सुन तस्करीको सूचना पाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजलाई घेरा हालेर सुन खोजेका छन् ।
बैंककबाट काठमाडौंका लागि उडेको नेपाल वायुसेवा निगमको ४०२ उडान नम्बरको जहाजलाई घेरा हालेर सुन खोजिएको हो ।
सुन ओसार्ने १० जना व्यक्ति सुन लिएर आउँदैछन् भन्ने सूचनाका आधारमा धावनमार्गमै भएको आकस्मिक अपरेसनका क्रममा सूचना पाएजस्तो धेरै परिमाणमा सुन फेला पर्न भने नसकेको अन्नपूर्णमा खबर छ ।
हङकङबाट बैंकक हुँदै काठमाडौंका लागि कम्तीमा तीन किलो सुन, महँगा घडी र कम्प्युटरका चिप्स उडेका छन् भन्ने सूचना पाएपछि जहाज खानतलासी गर्दा विक्रम थापा, अनुपराज श्रेष्ठ र भरत श्रेष्ठलाई पक्राउ परेका थिए । थापाबाट दुई २५ ग्राम र श्रेष्ठद्वयबाट ५०९५० ग्राम सुन बरामद भएको खबरमा उल्लेख छ ।
पक्राउ गरिएका तीनजनालाई बयान लिई मंगलबार १६ लाख रुपैयाँ धरौटी लिई तारेखमा रिहा गरिएको छ भने नियन्त्रणमा रहेका अन्य आठ जनाबाट केही फेला नपरेपछि उनीहरुको समेत पासपोर्ट राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर छाडिएको छ ।

प्रकाशित मिति:
December 05, 2013