• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, Main News, photo Gallary » दाहाल, भट्टराई र श्रेष्ठबीच नै समानुपातिक सभाषद चयनमा हानाथाप
दाहाल, भट्टराई र श्रेष्ठबीच नै समानुपातिक सभाषद चयनमा हानाथाप

काठमाडौं, १४ पुस । एकीकृत नेकपा माओवादी केन्द्रिय समितिले पनि समानुपातिक सभाषद छान्न असफल भएपछि सभाषदको टुंगो लगाउने जिम्मा केन्द्रीय कार्यालयलाई दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडांडामा आइतबार बसेको बैठकमा छनौट समितिका संयोजक पोष्टबहादुर बोगटीले पेस गर्ने तयारी गरेको नामावलीमा विवाद भएपछि मुख्य नेताहरु रहेको केन्द्रीय कार्यालयलाई नै सभाषद छान्ने जिम्मा दिइएको हो । 

पार्टी भित्रको गुटगत राजनीतिले सभासद् चयन गर्न अलमलमा परिरहेको एमाओवादीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले सभासद छान्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ सदस्य रहेको केन्द्रीय कार्यालयलाई दिएको हो । 

केन्द्रीय कार्यालयले सभाषदको टुंगो लगाएपछि आज दिउसो ४ बजेभित्र निर्वाचन आयोगमा अन्तिम नामावली बुझाउने बताइएको छ । सोमबार बिहान छनौट समितिका संयोजक बोगटीसहित चार शिर्ष नेताले ३३२ बाट ५४ जना सभाषद छान्ने छन् । आन्तरिक विवादमा रहेका नेताहरुले आपसी समझदारीमा सुची तयार गर्ने बताइएको छ ।

सभासद् नभएका, मन्त्री वा राजनीतिक नियुक्ति नलिएका, सकेसम्म धेरै जिल्लाको प्रतिनिधित्व हुने र निर्वाचनमा असहयोग अन्तरघात गरेका व्यक्तिलाई सभासद नबनाउने मापदण्ड भने केन्द्रीय समिति बैठकले पारित गरेको छ ।  

एमाओवादीले अब समानुपातिक सभासद चयन गर्दा शहिद तथा बेपत्ता परिवारका उम्मेदवारलाई पहिलो प्राथमिकतामा राख्ने, नयां उम्मेवदारलाई प्राथमिकता दिने र प्रत्यक्षतर्फ अन्तरघात गरेकालाई नलैजाने तथा प्रत्यक्षतर्फ सभाषद निर्वाचित नभएका जिल्लाका समानुपातिक उम्मेदवारलाई प्राथमिकता दिएर छनौट गर्ने नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

एमाओवादीभित्र अध्यक्ष दाहाल, पूर्वउपाध्यक्षद्धय भट्टराई र श्रेष्ठ पक्षधरबीच सभाषद चयन गर्ने नामावलीमा विवाद रहेको छ । तीन खेमा मध्ये तीनै जना नेताले आ-आफ्ना पक्षधर नेतालाई सभाषद बनाउन खोजेपछि एमाओवादी भित्रको विवाद झनै बढेर गएको हो ।

प्रकाशित मिति: December 29, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |