उपाध्यक्ष गजुरेलले भने– 'सरकार त टाढाको कुरा हो'
मंसिर १६ । नेकपा –माओवादीका उपाध्यक्ष सिपि गजुरेलले निर्वाचन सम्पन्न भयो भनेर घोषणा गरेपनि आफ्नो पार्टीले उठाएको गोलमेच सम्मेलनको महत्व झन बढेर गएको भन्दै आफ्नो पार्टी संविधानसभा र सरकार सहभागी नहुने बताए ।
आइतबार राजधानीमा संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै गजुरेलले आफ्नो पार्टी निर्वाचनको सम्पूर्ण प्रक्रियाकै विरोधमा रहेकाले जति सिट दिएपनि संविधानसभामा नजाने बताए । “अन्य पार्टी र नेताका बीचमा हाम्रो पार्टीलाई यतिउति सिट दिएर सहभागी गराउने हल्ला चलेको छ, अहिलेकै अवस्थामा हाम्रो पार्टीलाई जति सिट दिएपनि हामी संविधानभामा जादैनौं, सरकार त टाढाको कुरा हो” गजुरेले भने ।
उपाध्यक्ष गजुरेलले आफ्नो पार्टीले उठाएका मुद्धाहरु बिजयी हुँदै गएरहको भन्दै अहिलेको निर्वाचनलृे निकास दिनुको साटो झन द्वन्द्व बढाएको बताए । राजनीतिक निकास गोलमेच सम्मेलनबाट हुने करा झन पुष्टि भएको गजुरेलले दाबी गरे ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष गजुरेलले एमाओवादीसँग पार्टी एकता र संयुक्त मोर्चा दुवै नहुने तर संविधानसभालाई छोडेर गोलमेच सम्मेलन आए सहकार्य हुन सक्ने बताए । “प्रचण्ड–बाबुराम जीहरुसँग पार्टी एकता त कुरै नगरौं, संयुक्त मोर्चा पनि हुन सक्दैन, गजुरेलले भने, संविाधनसभालाई छोडेर गोलमेच सम्मेलनमा आएपछि एमाओवादीसँग सहकार्य हुन सक्छ ।”
अर्को प्रसंगमा उपाध्यक्ष गजुरेलले केही दिन पहिला आफूले सम्मानजनक सिट दिए संविधासभामा सहाभागी हुने भन्ने कुरा आफूले नभनेको र भ्रमपूर्ण रुपमा मिडियामा आएको भन्दै नोटिस निकालेर खण्डन समेत गरेका छन् ।
उक्त नोटिसको पूर्णपाठ :
भ्रमपूर्ण समाचारको खण्डन र वास्तविकता
मैले केही दिन पहिले एउटा सार्वजनिक अन्तरकृया कार्यक्रममा समसामयिक राजनीतिक विषयहरुबारे व्यक्त गरेका विचारलाई केही संचार माध्यमले गरेको प्रस्तुतीबाट अर्को अर्थ लाग्ने भाव सम्प्रेषण भएको र त्यस्ले भ्रम समेत उत्पन्न भएकोले त्यसबारे निम्न अनुसार स्पष्ट गर्न चाहन्छु ।
१. मैले उक्त अन्तरकृयाको प्रारम्भमै के कुरा स्पष्ट पारेको थिएँ भने परिवर्तित राजनीतिक अवस्थामा पार्टी केन्द्रीय समितिको बैठकले नयाँ निर्णय लिनेछ र त्यसबेला सम्म पार्टीले लिएको पुरानै निर्णय कायम छ । त्यसबाट मैले पार्टीको पुरानो निर्णय खारेजगरी नयाँ विषय प्रस्तुत गरेको भन्ने कुरा स्वतः खारेज हुन्छ ।
२. मैले स्पष्ट सँग के कुरा भनेको थिएँ भने “सम्विधानसभाको दोस्रो निर्वाचन सम्पन्न भएको” घोषणा गरिए पनि हाम्रो पार्टीले उठाएको गोलमेच सभाको प्रस्तावको औचित्यता कायम छ ।
३.मैले भनेको हवाला दिँदै ”हैसियत अनुसारको सिटको व्यवस्था गरियो हो भने यही सम्विधान सभा र यसैले बनाउने सरकारमा पनि हाम्रो पार्टी समावेश हुनेछ” भन्ने शिर्षक सहितको समाचारले सबैभन्दा बढी भ्रम उत्पन्न गराएको छ । मैले ”हाम्रो पार्टी कसैबाट मनोनित गरेर सम्विधान सभामा लैजानका लािग जती सुकै सिट दिए पनि त्यसलाई दृढतापूर्वक अस्वीकार गर्दछ” भन्ने कुरा स्पष्ट पारेको छु । मैले सहमतिको पक्षमा आफ्नो पार्टीरहेको कुरा भनेकै हुँ र सरकारमा जाने कुरा पनि गरेको हुँ, हैसियत अनुसारको भूमिका खेल्ने कुरा पनि गरेको हुँ । तर, विल्कुल अर्कै सन्दर्भमा । ”गोलमेच सभा”को आयोजना गरेर, त्यसबाट सहमति कायम गरी बन्ने ”राष्ट्रिय संयुक्त सरकार”मा जाने भन्ने पार्टीको नीति हो र मैले त्यसैमा जोड गरेको हुँ । त्यहाँ छलफल हुँदा आफ्नो पार्टी र यसले नेतृत्व गरेको मोर्चाको हैसियतको कुरा गर्दा यतीखेर नेपाली राजनीति – निर्वाचनमा भाग लिने र भाग नलिने वा वहिष्कार गर्ने दुई कित्तामा विभाजित भएको र दुबैको समान हैसियत हुने र त्यसै अनुसार भूमिका खेल्ने कुरा स्पष्ट पारेको हुँ । मैले यही ”सम्विधान सभा”मा सहवरण हुने कदापि भनेको होइन र त्यो हुन पनि सक्दैन । सम्विधान सभाको कथित दोस्रो निर्वाचनलाई सशक्त र सकृय वहिष्कार गर्दै आएको हाम्रो पार्टीले निर्वाचनको मतगणना पनि नसकिँदै त्यसैमा सहवरण हुने कुरा मैले वा हाम्रो पार्टीको कसैले पनि सोच्न सक्ने कुरा होइन । त्यसकारण, सचेत वा अन्य कुनै पनि तरिकाले पर्न वा पार्न गरिएको भ्रमको प्रयास प्रति सतर्क रहन म सबै प्रति हार्दिक अनुरोध गर्न चाहन्छु ।
४. अन्तमा, म यो कुरा पुनः दोहो¥याउन चाहन्छु कि वर्तमान राजनीतिका विषयहरुबारे हाम्रो पार्टी केन्द्रीय समितिको आगामी बैठकले लिने निर्णय नै सर्वोच्च र सबैभन्दा आधिकारिक हुनेछन् ।
२०७० मार्ग १६ ........................
सि पी गजुरेल ”गौरव”
उपाध्यक्ष, ने क पा – माओवादी

प्रकाशित मिति:
December 01, 2013