भारत र चीनका जासुसी प्रमुखहरु नेपालमा
मंसिर २२ । दुई छिमेकी मुलुक भारत र चीनका सुरक्षा, सूचना र जासुसी निकायका उच्च अधिकृतहरु नेपालमा बाक्लिएर देखा पर्न थालेका छन् ।
संविधानसभा निर्वाचनपछि राष्ट्र प्रमुखसहित सत्ता समीकरणको जोडघटाउ चलिरहेका बेला उनीहरुको नेपाल भ्रमण बाक्लिएर गएको हो ।
उत्तरी छिमेकी चीनको विदेश मन्त्रालय बाह्य सुरक्षा मामिलासम्बन्धी प्रमुख एवं नेपालका लागि चीनका पूर्वराजदूत क्यू गोहाङले काठमाडौंमा राजनीतिक दलका नेता र उच्चपदस्थसँग भेटघाट गरिरहेका बेला राजनीतिमा हस्तक्षेपकारी भूमिका खेलेको आरोप लाग्ने गरेको दक्षिणी छिमेकी मुलुक भारतीय गुप्तचर संस्था रअ् प्रमुख आलोक जोशी बिहीबार काठमाण्डौं आएका छन् ।
नेपालमा राजनीतिक संकट उत्पादन र निराकरणमा प्रभाव र दवावको भूमिका खेल्ने बेलामा टुप्लुक्क देखा पर्ने जोशी यसपल्ट अर्झै कूटनीतिक व्यक्तिको नाम प्रयोग गरी राजधानीमा क्रियाशील छन् । सुरक्षा स्रोतका अनुसार उनी राजधानीको होटल र्याडिसनमा बसेर सत्ता समीकरणका खेलाडीसँग अन्तरक्रियामा व्यस्त रहेको अन्नपूर्णमा खबर छ ।

प्रकाशित मिति:
December 07, 2013