१० दिनभित्र उपस्थित हुन दाहाललाई अदालतको आदेश
मंसिर २२ । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संविधानसभा अदालतले १० दिनभित्र अदालत उपस्थित हुन आदेश दिएको छ ।
संविधानसभा निर्वाचनमा सिराहा–५ बाट विजयी उम्मेदवार समेत रहेका दाहाललाई निर्वाचनमा धाँधली गरेर जितेको भन्दै पराजित एमाले उम्मेदवार लीला श्रेष्ठले दिएको उजुरीमा प्रारम्भिक सुनुवाइ गर्दै अदालतले धाँधली गरेरनगरेकोबारे १० दिनभित्र प्रमाणसहित उपस्थित हुन भनेको हो ।
अध्यक्ष कल्याण श्रेष्ठ तथा सदस्यद्वय गिरिशचन्द्र लाल र सुशीला कार्कीको इजलासले अध्यक्ष दाहाल, निर्वाचन आयोग, सिरहा–५ का निर्वाचन अधिकृत उद्धव भट्टराईलगायतलाई आवश्यक कागजातसहित १० दिनभित्र उपस्थित हुन भनेको छ ।
सो क्षेत्रमा अध्यक्ष दाहालका कार्यकर्ताबाट विभिन्न मतदान केन्द्र कब्जा गरी आफूखुसी मत खसालेकाले पुनः मतदानको मागसहित श्रेष्ठले संविधानसभा अदालतमा उजुरी दिएको खबर राजनधानीमा छापिएको छ ।
प्रकाशित मिति:
December 07, 2013