• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Political » तीन दलबीच चार बुँदे सहमति
तीन दलबीच चार बुँदे सहमति

 काठमाडौं पुस ९ । संविधान सभाका तीन ठूला  दलहरुबीच केही समय अगाडि चार बुँदे सहमति भएको छ ।
  बेपत्ता छानविन तथा सत्यनिरुपण आयोग गठन गर्ने, संविधान सभाको चुनावमा माओवादीले भन्ने गरेको धाधलीको सवालमा अध्ययन अनुसन्धान गरी सुझाव पेस गर्न एक संसदीय समिति गठन गर्ने लगायतका विषयमा सहमति भएको छ । सहमतिका बुँदाहरु निम्न प्रकारका छन् -
  १. संविधानसभाको निर्वाचनमा उठेका प्रश्नहरुको सम्बन्धमा अध्ययन अनुसन्धान गरी सुझाव पेस गर्न व्यवस्थापिका संसदले एक संसदीय समिति गठन गर्ने ।

२. बेपत्ता छानविन तथा सत्यनिरुपण आयोग गठन लगायत शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न र संविधानमा सहयोग गर्न प्रमुख दलका शीर्ष नेता रहेको उच्च स्तरीय राजनीतिक समिति गठन गर्ने ।

३.बेपत्ता छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग गठनका लागि पहल गर्ने ।

४. १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौताको भावना बमोजिम ६ महिना भित्र संविधानको मस्यौदा र एक वर्षभित्र जारी गर्ने कार्यविधि तयार गर्ने ।

प्रकाशित मिति: December 24, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • पोर्नस्टार पनि भगवानको शरणमा
गृह पृष्ठ |