जनमोर्चाले समानुपातिक उमेद्धारको नाम तोक्यो
मंसिर २२ । (रासस)राष्ट्रिय जनमोर्चा नेपालले संविधानसभामा पार्टीले पाएको तीन सिटमा पठाउने नामलाई टुङ्गो लगाएको छ ।
जनमोर्चाको आज बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल र अखिल नेपाल महिला संघकी अध्यक्ष मीना पुनलाई पठाउने निर्णय गरेको सो पार्टीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
संविधानसभामा विजयी महिला सभासद्को सङ्ख्या ३३ प्रतिशत भन्दाकम भएकाले तीन सिटमध्ये दुईजना महिलालाई नै पठाइएको सो पार्टीले जनाएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ जनमोर्चाले ९२ हजार ३८७ मत प्राप्त गरेको थियो । आयोगले जनमोर्चालाई सो मतका आधारमा संविधानसभामा तीन सिट पाउने निर्णय गरेको थियो ।
जनमोर्चाले तय गरेको नाम आइतबार निर्वाचन आयोगमा बुझाउने जनाएको छ ।

प्रकाशित मिति:
December 07, 2013