जीप दुर्घटनामा ६ भारतीय पर्यटकको मृत्यु

घाइतेहरुको पोखरामा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौ ल्याइएको छ ।
पोखराबाट बिरगञ्जका लागी हिडेको ग १ ञ ६६९ नम्बरको जीप गएराति बन्दीपुरको मस्याङ्दी नदीमा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा भारतको कोलकाताका निवासी विनय तिवारी, कमलावती तिवारी,पुन त्रिपाठी, नेहा त्रिपाठी, निलम त्रिपाठी र हेमन्त त्रिपाठीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रकाशित मिति:
January 01, 2014