• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, News » सर्वोच्चको आदेशपछि पनि खुलेनन् अस्पताल
सर्वोच्चको आदेशपछि पनि खुलेनन् अस्पताल

माघ ६ । सर्वोच्च अदालतले एक घण्टाभित्र अस्पतालहरुमा सेवा सुचारु गर्न अन्तरिम आदेश दिएपनि सेवा सुचारु भने भएन ।

नेपाल चिकित्सक संघले अदालतको लिखित फैसला नपाएको भन्दै सेवा सुरु नगरेको हो । फैसला पाएपछि संघको आन्दोलनबारे छलफल हुने उसले बताएको छ ।

सर्वोच्चले सोमबार अपराह्न अन्तरिम आदेश जारी गर्दै सूचना प्राप्त भएको एक घण्टाभित्र अस्पतालको सेवा सुचारु गर्न भनेको थियो ।

अदालतले मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी, अनसनमा रहेका डा।गोविन्द केसी, चिकित्सक संघका अध्यक्ष डा. अन्जनीकुमार झा लगायत १५ जनाको नाममा यस्तो आदेश दिएको भएपनि सेवा भने सुचारु भएको छैन ।

प्रकाशित मिति: January 20, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |