• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, News, photo Gallary » स्व. राजा वीरेन्द्र परिवारको सम्पत्ति साढे २३ अर्ब
स्व. राजा वीरेन्द्र परिवारको सम्पत्ति साढे २३ अर्ब

माघ ६ । स्वर्गीय राजा वीरेन्द्रको परिवारका नाममा देशभर करिव २३ अर्ब ५० करोड रुपैयाँ बराबरको चल अचल सम्पत्ति पाइएको छ । उक्त सम्पत्ती भने  नेपाल ट्रष्ट मातहत आएको बताइएको छ ।

स्वर्गीय वीरेन्द्र र उनको परिवारका नाममा विदेशमा भने कुनै सम्पत्ति नभेटीएको ट्रस्टका एक अधिकारीले बताएको कारोबार दैनिकमा खबर छापिएको छ ।

तर स्वर्गीय राजा वीरेन्द्र, रानी ऐश्वर्य तथा युवराज दीपेन्द्र र अधिकारजकुमार निराजनका नाममा रहेको सम्पत्ति ट्रस्टमातहत ल्याइएको छ ।

सरकारले राजपरिवारको नाममा भएको सम्पत्ति खोजविन गर्न ०६४ सालमा नेपाल ट्रस्टको स्थापना गरेको थियो ।

नगद फेला पार्न नसके पनि भाडामा दिइएका भवन तथा जग्गाको खोजी जारी रहेको कार्यालयले जनाएको छ । अहिलेसम्म ट्रस्टको नाममा विभिन्न बैँकमा २३ करोड ४५ लाख रुपैयाँ रहेको खबरमा उल्लेख छ ।

प्रकाशित मिति: January 20, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |