• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » देशभरका स्वास्थ्य संस्था ठप्प, डा. केसीको स्वास्थ्य स्थिति झनै जटिल
देशभरका स्वास्थ्य संस्था ठप्प, डा. केसीको स्वास्थ्य स्थिति झनै जटिल

माघ ६ । चिकित्साशास्त्र अध्ययन संस्थानका डिन नियुक्ति उल्ट्याउन माग गर्दै दुई सातादेखि आमरण अनसनमा बसेका  डा. गोविन्द केसीको मागको सुनुवाई नभएपछि देशभरका स्वास्थ्य संस्थाहरुमा काम ठप्प भएको छ ।

डिन नियुक्ति उल्ट्याउन शिक्षामन्त्री माधवप्रसाद पौडेलले दिएको निर्देशन कार्यान्वयन गर्न त्रिवि कार्यकारी परिषदले अटेर गरेपछि झनै स्वास्थ्य सेवा ग्रसित बन्न पुगेको छ । आइतबारदेखि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द हुँदा सेवाग्राहीहरु भने मर्कामा परेका छन् ।  त्रिवि कार्यकारी परिषदले डिन नियुक्ति विधिसम्बत तरिकाले गरिएको भन्दै निर्णय उल्ट्याउन नमानेपछि संघले आव्हान गरेको सरकारी, निजी अस्पताल तथा नर्सिङ होम, क्लिनिकहरुमा आकस्मिक सेवाबाहेकका सेवा सोमवार पनि बन्द भएका छन् ।

सरकारी हस्तक्षेपविरुद्ध केसीले उठाएको मागमा समर्थन जनाउँदै नेपाल चिकित्सक संघको अगुवाईमा देशभरको अस्पतालमा आइतबारबाट आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरिएको हो ।

माग पूरा गरी डा। केसीको जीवन रक्षा गर्न अपील गर्दै समाजका विभिन्न क्षेत्रमा व्यक्तित्वहरुले सरकारी संस्थानहरुमा भैरहेको अती राजनीतिकरण तत्काल रोक्न आह्वान गरेका छन् ।

यता, अनसनरमा बसेका डा। केसीको स्वास्थ्य स्थिति जटिल बन्दै गएको छ । केसीले पानीसमेत नखाएकोले उनको शरिरमा सोडियमको मात्रा बढेको चिकित्सकहरुले वताएका छन् । 

प्रकाशित मिति: January 20, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |