• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » जाजरकोटमा विद्यार्थीहरु तानातान
जाजरकोटमा विद्यार्थीहरु तानातान

१३ माघ–जाजरकोट सदरमुकाममा रहेका दुईवटा क्याम्पसमा बिबिएस कक्षा सञ्चालन भएपछि विद्यार्थीहरु तानातानमा परेका छन् । यही वर्षमा मात्र सञ्चालनमा आएको बिबिएस कक्षा जाजरकोटको भेरी ज्ञानोदय क्याम्पस र मालिका क्याम्पसमा सञ्चालन भएका छन् ।

मालिका क्याम्पस र भेरी ज्ञानोदय क्याम्पसमा कसले बढी विद्यार्थीलाई आफ्नो ठाउँमा पढाउने भन्ने विषयमा विद्यार्थीहरु तानातान परेको हो । दुवैवटा शिक्षण संस्थाको अस्वस्थकर प्रतिस्पर्धाका कारण विद्यार्थीहरु अन्योलमा परेको बताउँछन् ।

योभन्दा अघि जाजरकोटमा बिबिएस कक्षा सञ्चालन नहुँदा यहाँका विद्यार्थीहरु अन्य जिल्लामा पढ्न जाने गरेका थिए । आफ्नै जिल्लामा बिबिएस पढाइ हुने खुसीको कुरा भए पनि विद्यार्थीहरु तानातानले समस्या परेको डाँडागाउँकी पवित्रा रोकायले बताए ।

अहिलेसम्म यहाँका विद्यार्थीहरु मालिका क्याम्पस पढ्ने कि भेरी ज्ञानोदय क्याम्पसमा बिबिएस पढ्ने भनेर दोधारमा रहेको बताउँछन् ।

प्रकाशित मिति: January 27, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • पोर्नस्टार पनि भगवानको शरणमा
गृह पृष्ठ |