• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » सरकारद्धारा संसदमा पाँच अध्यादेश पेस
सरकारद्धारा संसदमा पाँच अध्यादेश पेस

माघ १३ । व्यवस्थापिका संसदको दोस्रो दिनको बैठकमा सरकारले पाँच वटा अध्यादेश पेश गरेको छ ।

आजको बैठकमा गृहमन्त्री माधवप्रसाद घिमिरेले चार वटा र अर्थमन्त्री शंकरप्रसाद कोइरालाले एउटा अध्यादेश पेश गरेका हुन् ।

गृहमन्त्री घिमिरेले निर्वाचन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०६९, संविधानसभा सदस्य निर्वाचन अध्यादेश २०७०, संविधानसभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश २०७० र संविधानसभा सदस्य निर्वाचन दोस्रो संशोधन अध्यादेश २०७० संसदमा पेश गरेका हुन् ।

त्यस्तै, अर्थमन्त्री कोइरालाले सम्पत्ति सुद्धीकरण निवारण अध्यादेश २०७० पेश गरेका हुन् ।
बिहान ११ बजेका लागि बोलाइएको आजको बैठक करिब आधा घण्टा ढिलो प्रारम्भ भई १० मिनेटका लागि बसेको थियो। बैठकको अध्यक्षता ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले गरेका छन् ।

 संसदको अर्को बैठक भोलि ११ बजे बस्ने भएको छ ।

प्रकाशित मिति: January 27, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • पोर्नस्टार पनि भगवानको शरणमा
गृह पृष्ठ |