• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Economic, आर्थिक समाचार » सर्वोच्चद्वारा मोन्सान्टो बीउको आयातमा रोक
सर्वोच्चद्वारा मोन्सान्टो बीउको आयातमा रोक

सर्वोच्च अदालतले नेपालमा भइरहेको अमेरिकन बीउ उत्पादक कम्पन्नी मोन्सान्टो लगायतद्वारा उत्पादित बीउबिजन आयात गर्न रोक लगाएको छ ।

 मोन्सान्टो कम्पनीद्वारा उत्पादित जेनेटिकल्ली मोडिफाइड अर्गानिजम(जिएमओ) बीउ बिजन आयात तथा बिक्री वितरणमा सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशलाई निरन्तरता दिँदै अदालतले यसको आयात बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो ।  

आइतबार न्यायाधीशद्वय कल्याण श्रेष्ठ र तर्कराज भट्टको संयुक्त इजलासले यसअघि न्यायधीश वैद्यनाथ उपाध्यायको एकल इजलासले गरेको आदेशलाई निरन्तरता दिँदै यसमा प्रतिबन्ध लगाएको हो । मोन्साटो लगायत कम्पनीबाट उत्पादित बीउबिजनको प्रयोगबाट एकपटक उत्पादन राम्रो भए पनि त्यसपछि यसको उत्पादनमा  ह्रास आएकाले मोन्साटो लगायतका कम्पनीहरुको बीउ आयातमा रोक लगाएको छ ।   बीउ बिजन खरिदका नाममा सधैँ विदेशी कम्पनीको भर पर्नुपर्ने बाध्यात्मक परिस्थितिका साथै बीउमाथिको किसानको अधिकार समेत समाप्त हुने र उत्पादनमा समेत ह्रास आउने भन्दै अधिवक्ता अर्जुनकुमार अर्यालले आयातमा रोक लगाउन रिट दायर गर्नुभएको थियो ।

 उहाँले सो रिटमा जिएमओ फुडको प्रयोगले पशुसँगै मानिसको स्वास्थ्यमा समेत समस्या आउने, जिएमओ बीउ रोपिएका खेतबाट पराग सेचतन भई अन्य स्थानीय जातका बिरुवामा जिएमओका गुणसमेत देखिने भएकाले यसले स्थानीय जातका बोटबिरुवा लोप हुने खतरा बढाउने उल्लेख गर्नुभएको थियो । नेपालका विभिन्न स्थानमा हाइबे्रड जात तथा उन्नत जातको नाममा यी र यस प्रकारका बीउहरुको प्रयोगले विभिन्न समयमा लगाइएका बीउहरुबाट एक बाली राम्रो उत्पादन भए पनि अर्को सिजनमा लगाउँदा सो बालीबाट कुनै परिणाममा अन्नहरु उत्पादन नहुँदा किसानहरु सडक संर्घषमा समेत उत्रिनुपरेको अवस्था रहेको थियो ।

प्रकाशित मिति: January 27, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • पोर्नस्टार पनि भगवानको शरणमा
गृह पृष्ठ |