• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » कांग्रेसले थाल्यो सरकार गठन प्रक्रिया, एमाले सकरात्मक
कांग्रेसले थाल्यो सरकार गठन प्रक्रिया, एमाले सकरात्मक

माघ १३ । संविधानसभाको पहिलो ठूलो दल नेपाली कांग्रेसले सहमतीय सरकार निर्माणका लागि पहल थालेको छ ।

संसदीय दलको नेतामा निर्वाचित भएपछि सभापति सुशिल कोइरालाले आज एमालेसँग सरकार निर्माणको विषयमा छलफल गरेका छन् । छलफलका क्रममा सरकार गठनमा सघाउन एमाले सकारात्मक देखिएको बताइएको छ ।

एमाले नेता भीम रावलले वैठकमा कांग्रेसको प्रस्तावप्रति आफ्नो पार्टी सकारात्मक भएको बताएका छन् ।

कांग्रेस महामन्त्री प्रकाशमान सिंहले पनि कांग्रेस नेतृत्वमा सरकार गठनका लागि एमालेले सहमत भएको बताए ।
आजको व्यबस्थापिका संसद्को दोस्रो वैठकलगत्तै बसेको दुई पार्टीको छलफलले ६ महिना भित्र स्थानीय निकायको निर्वाचन र एक बर्षभित्र संबिधान जारी गर्ने गरी अघि बढ्ने निश्कर्ष निकालेको बताइएको छ ।

आइतबार राष्ट्रपति रामवरण यादवले दलहरुलाई सहमतीय सरकार गठनका लागि आह्वान गरे लगत्तै कांग्रेस सरकार निर्माणका लागि जुटेको हो ।



प्रकाशित मिति: January 27, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • पोर्नस्टार पनि भगवानको शरणमा
गृह पृष्ठ |