इतिहास भन्छ, '१७ औं पटक पनि सरकार बनाउ संसदमा नाटक भो'
माघ । अघिल्लो संविधानसभामा चार वटा सरकार बनेपनि कुनै पनि सरकार सहमतीय आधारमा भने बन्न सकेनन् । दलहरुले एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्दा व्यवस्थापिका संसदमा १७ पटकसम्म पनि सरकार बनाउनका लागि निर्वाचन गरिएको नाटक जस्तै घटना समेत घट्यो ।
अघिल्लो पटक संविधानसभाको निर्वाचनपछि सहमतीय सरकारका लागि राष्ट्रपतिले आह्वान गरे पनि दलहरुबीच सहमति जुट्न नसक्दा पहिलो दल एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बहुमतीय सरकार बन्यो । नेकपा एमालेको समर्थनमा बनेको उक्त सरकार वर्षदिन नै मनाउन नपाउदै ढल्यो ।
दोस्रो सरकार पनि एमाओवादीको समर्थनमा एमाले नेता माधव कुमार नेपालको नेतृत्वमा बहुमतीय नै बन्यो । सरकार बनाउने र लडाउने पासोमा उक्त सरकार पनि ढल्यो । त्यसपछि तेस्रो सरकार निर्माणका क्रममा एमाओवादी अध्यक्ष दाहाल, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाले अध्यक्ष झलनाथ खनाल मैदानमा उत्रिए पनि खनाल पहिले नै पाखा लागे, दाहालले भने केही पटक मैदानमा भिरेर उम्मेदवारी फिर्ता लिए । तर पौडेल भने लगातार १७ औं पटक पनि सरकारका लागि लडिरहें ।
स्पष्ट बहुमत नपाउ“दा उनले सरकारको नेतृत्व गर्ने अवसर नै पाएनन् । १७ पटकपछि भने सरकार निर्माणको नया“ कोर्ष सुरु भयो । त्यसमा भने एमाओवादीको समर्थनमा एमाले अध्यक्ष झलनाथ खनाल पुनः बहुमतीय नै सरकारको नेतृत्व गर्न पुगें । उक्त सरकार पनि वर्ष दिन नपुग्दै ढल्यो । त्यसपछि पनि सहमतीय सरकार बनेन् । एमाले र मधेसी मोर्चाको समर्थनमा एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराई नेतृत्वमा बहमुतीय सरकार नै गठन भयो ।
सो अवधीमा सरकारको बागढोर सम्हाल्न चार नेता पुगे पनि संविधान निर्माण भन्दा पनि सरकार बनाउने र गिराउने खेलमा नै दलहरुले समय व्यतित् गरे । अन्तमा दलहरुले संविधान निर्माण भन्दा पनि सरकारमा नै बढी ध्यान दि“दा संविधान नै जारी नगरी संविधानसभा विघटन हुन पुग्यो । त्यसपछि दलहरु यतिसम्म लाचर समेत बने कि चुनावी सरकार कुनै पनि नेताको नेतृत्वमा कसैले स्वीकार्न समेत सकेनन् र अन्त्यमा प्रधानन्यायाधीशलाई बनाउन पुगे र ४ मंसिरमा संविधानसभाको दोस्रो निर्वाचन गरियो ।

प्रकाशित मिति:
January 26, 2014