• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, Main News, photo Gallary » माघ १९ सम्म सहमतिको सरकार गठन गर्न राष्ट्रपतिद्धारा आह्वान
माघ १९ सम्म सहमतिको सरकार गठन गर्न राष्ट्रपतिद्धारा आह्वान

काठमाडौं, १२ माघ । राष्ट्रपति डा. रामवरण यादवले यही १९ गतेसम्म राजनीतिक सहमतिको सरकार गठन गर्न आह्वान गरेका छन् । व्यवस्थापिका संसदको पहिलो बैठक बसेको दिन नै राष्ट्रपति यादवले सहमतीय सरकार गठनका लागि आह्वान गरेका हुन् ।

राष्ट्रपति कार्यालयका सचिव शारदाप्रसाद त्रितालले आइतबार राष्ट्रपतिका तर्फबाट विज्ञप्ती जारी गर्दै माघ १९ गतेसम्ममा राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र उनको अध्यक्षतामा मन्त्रीपरिषद् गठन गर्न व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई आह्वान गरेका छन् । विज्ञप्तिमा संविधानसभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुको सरकार अविलम्ब गठन गर्न वान्छनिय भएकाले नेपालको अन्तरिम संविधानको धारा ३८ को उपधारा (१) बमोजिम माघ १९ गतेसम्ममा राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्नका लागि व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई आह्वान गर्नु भएकाले यो विज्ञप्ति प्रकाशन गरिएको छ भनि उल्लेख छ ।

राष्ट्रपतिको आह्वान अघि नै संविधानसभाको पहिलो दल कांग्रेसले सभापति सुशील कोइरालालाई संसदीय दलको नेता निर्वाचित गरेको छ । संविधानसभाको पहिलो दल र कांग्रेस विधानमा संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने प्रावधान भएकाले सहमतीय सरकारको पहलका लागि कोइरालाले अग्रसरता देखाउनुपर्ने भएको छ । अन्य दल कोइरालालाई सरकारको नेतृत्व दिने कुरामा दुई मत नभए पनि कांग्रेस भित्र भने असन्तुष्टि समेत छ । कोइरालाको नेतृत्वमा सरकार गठनको विषयमा बाह्य शक्ति केन्द्र नरम नभएको भनेर  समेत राजनीतिक वृतान्तमा टिकाटिप्पणी गर्ने गरिएको छ ।

माघ १९ सम्म पनि राजनीतिक दलहरुबीच सहमतिय सरकार बन्न नसकेको अवस्थामा भने एक पटक पुनः समय थपिने चलन छ । सो अवधिमा पनि सहमतीय सरकार बन नसके राष्ट्रपतिले बहुमतीय सरकार गठनका लागि आह्वान गर्नेछन् ।

अन्तरिम संविधानको धारा ३८ (१) मा राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्री र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने उल्लेख छ भने ३८ (२) को उपधारा (१) मा व्यवस्थापिका संसदको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्री निर्वाचित हुनेछ भन्ने उल्लेख छ । अघिल्लो संविधानसभामा भने कुनै पनि सरकार सहमतियबाट बन्न नसकेपछि बहुमतबाट चुनिएका थिए ।

प्रकाशित मिति: January 26, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
गृह पृष्ठ |