• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » पहिलो संसद बैठकः सबै भन्छन्- 'एक वर्षमा संविधान दिन्छौं'
पहिलो संसद बैठकः सबै भन्छन्- 'एक वर्षमा संविधान दिन्छौं'


काठमाडौँ ११, माघ । व्यवस्थापिका संसदको पहिलो पहिलो बैठक आइतबार नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा शुरु भएको छ । बैठकमा प्रमुख राजनीतिक दलका नेताहरुले एक वर्षभित्र नै संविधान दिने प्रतिवद्धता दोहार्याएका छन् ।

सभामुख सूर्यबहादुर थापाले बैठकको अध्यक्षता गर्दै राष्ट्रपतिले गरेको अधिवेशन आह्वानसम्बन्धी सूचना पढेर सुनाएपछि बैठक सुरु भएको थियो । बैठक सुरु भएपछि  मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले संसदमा ४ मिनेट संक्षिप्त लिखित मन्तव्य व्यक्त गरेका थिए ।

रेग्मीले मन्तव्यमा संविधानसभाको निर्वाचनपछि मुलुक राजनीतिक एवं संवैधानिक प्रक्रियामा आएको भन्दै खुशी व्यक्त गरेका थिए ।

बैठकमा कांग्रेस सभापति शुशिल कोइरालाले मुलुकमा भएको राजनीतिक संकट अन्त्य गर्न सबै एकजुट हुनु पर्ने बताए । छिटो सरकार गठन गरेर मुलुकलाई निकास दिनुपर्नेमा उनको जोड थियो । त्यसैगरी बैठकमा एमाले अध्यक्ष झलनाथ खनालले पनि संविधान निर्माण छिटो गर्नुपर्नेमा जोड दिए । संविधान निर्माणलाई नै अर्जुन दृष्टिका रुपमा लिएर  छिटो भन्दा छिटो मुलुकलाई निकास दिनुपर्नेमा खनालको जोड थियो ।


बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा शान्ति सम्झौताको एउटा हिस्सा भएको दाबी गरे । उनले एक वर्ष भित्र संविधान दिन सबै दल प्रतिवद्ध हुनुपर्नेमा जोड दिए । राष्ट्रपति र सरकारमा मात्र ध्यान नदिएर संविधान निर्माणमा केन्द्रित भएर लाग्न पनि उनले सबै दललाई आग्रह गरे ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान निर्माणमा पार्टीले रचनात्मक भूमिका खेल्ने बताए । उनले एक अर्कामा आरोप प्रत्यारोप नगरी संविधान निर्माणमा केन्द्रित हुनपुर्नेमा जोड दिए । 

प्रकाशित मिति: January 26, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
गृह पृष्ठ |