पिकनिक मनाउन गएका विद्यार्थी सवार बस दुर्घटना,५० घाइते

बा २ ख रंगीला यातायातको बस बिहान ११ बजे दुर्घटना हुँदा ५० विद्यार्थी घाइते भएको छन् भने ६ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
सिराहा स्थित जनता उच्चमाविबाट उदयपुर तर्फ पिकनिक मनाउन गएका बिद्यार्थीहरु दुर्घटनामा परेका हुन् ।
घाइते बिद्यार्थीहरुको अहिले लाहान स्थित नर्सिङ होममा उपचार भइरहेको छ । दुर्घटनापछि बस चालक फरार भएका छन्।दुर्घटनाका बारेमा अनुसन्धान भइरेहको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
January 01, 2014