• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » भट्टराई पक्षद्धारा प्रचण्ड बिरुद्ध कार्यक्रम गर्दा झडप, दर्जनौ घाइते
भट्टराई पक्षद्धारा प्रचण्ड बिरुद्ध कार्यक्रम गर्दा झडप, दर्जनौ घाइते


पुस १७ ।  वीरगन्जको सम्झना होटलमा आज एकीकृत नेकपा(माओवादी)पर्साका नेता कार्यकर्ताले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीकै युवाले हस्तक्षेप गरी पार्टी नेतृत्वको विरोध गर्नेलाई कुटपिट गरेका छन् ।
 
पार्टीका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको सूची सच्याउनुपर्ने मागसहित एमाओवादी पर्साका योगेन्द्र साहलगायतका नेता कार्यकर्ताले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीकै कार्यकर्ता सुजित गिरीको नेतृत्वमा आएका युवाले पार्टी नेतृत्वको विरोध गर्नेलाई कुर्सी र मोटरसाइकलको हेल्मेटले प्रहार गरेका हुन्। 

गिरी नेतृत्वका युवाको कुटाइबाट क्रान्तिकारी पत्रकार संघका पर्सा जिल्ला अध्यक्ष आरके पटेल, जिल्ला सदस्य अनुपकुमार गुप्ता, वीरेन्द्र साह र पर्शुराम कुशवाहा घाइते भएको आयोजकले जनाएका छन्। घाइते सबैको छेउकै औषधि पसलमा लगि उपचार गरिएको एमाओवादी पर्साका कार्यालय सदस्य योगेन्द्र साहले बताए।

उनले जिल्ला संयोजक प्रह्लाद गिरीको इसारामा आफूमाथि आक्रमण गरिएको आरोप लगाए । पार्टी नेतृत्वले निर्धारण गरेको मापदण्डविपरीत गई अध्यक्ष दाहालले एकलौटी रुपमा समानुपातिकको सूची तयार पारी आयोगमा बुझाएको आरोप लगाउँदै २४ घन्टाभित्र सूची नसच्याइए पार्टी नेतृत्वविरुद्ध कडा आन्दोलन गर्ने नेता साहले जानकारी दिए । घटनास्थल पुगेर प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ। रासस

प्रकाशित मिति: January 01, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |