• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » विवादित नवनियुक्त डिन डा. शर्मा हटाइए
विवादित नवनियुक्त डिन डा. शर्मा हटाइए

माघ ८ ।  शिक्षण अस्पताल चिकित्साशास्त्र अध्ययन संस्थानका नवनियुक्त विवादित डिन डा शशी शर्मा हटाइएका छन् ।

त्रिभुवन विश्वविद्यालयले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको निर्देशनपछि उनलाई बर्खास्त गरेको हो ।  शर्मालाई डिनमा नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न रेग्मीले मंगलबार निर्देशन दिएका थिए ।

शर्मालाई बर्खाष्त गरेको पत्र रेग्मीलाई उपकुलपतिका सहयोगी राजु श्रेष्ठ र ईश्वरमान महर्जनले बालुवाटार पुगेर मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मीलाई बुझाएका छन् ।

१२ दिनयता आमरण अनसनमा बसेका प्राध्यापक डाक्टर गोविन्द केसीले भने डिनलाई हटाएपनि अनसन नतोड्ने भएका छन् । मेडिकल माफियाको दबाबमा राजीनामा दिन बाध्य पूर्व डिन प्रकाश सायमीको पुनःस्थापना लगायतका आफ्ना मागहरु सम्बोधन नभएसम्म अनसन नतोड्ने उनले बताएका छन् ।

१२ दिनदेखि अनसनरत डा। केसीले मेडिकल शिक्षामा सुधार लगायतका मागहरु राखेर यसअघि दुईपटक अनसन बसिसकेका छन।

नेपाल चिकित्सक संघले केसीको पक्षमा ऐक्यबद्धता जनाउदै संघर्षका कार्यक्रमलाई निरन्तरता दिने भएको छ।

प्रकाशित मिति: January 22, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |