• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
photo Gallary, Political » पार्टी दक्षिण (भारत) तिर ढल्कदा यो हविगत भो : नेता महरा
पार्टी दक्षिण (भारत) तिर ढल्कदा यो हविगत भो : नेता महरा

काठमाडौं, ७ माघ । एकीकृत नेकपा माओवादीको जारी केन्द्रीय समिति बैठकमा नेता कृष्ण बहादुर महराले नेतृत्वले स्वतन्त्र निर्णय नलिई दक्षिणतिर ढल्किएका कारण यो अवस्थामा आईपुगेको बताएका छन्  ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा अध्यक्ष दाहालद्धारा प्रस्तुत दस्तावेजमा आफ्नो धारणा राख्दै नेता बहादुर महराले पार्टी दक्षिणतिर ढल्किएको दाबी गर्दै पार्टी प्रभावमा परेकाले नै चुनावमा हार बेहारेको औंल्याएका छन् । 

पार्टी दक्षिण (भारत) तिर ढल्किएकाले चुनावमा क्षति बेहोर्नु परेको भन्दै उनले कसैको प्रभावमा परेर पार्टी बहकिएको समेत औंल्याएको स्रोत बताउछ । दस्तावेजमाथि टिप्पणी गर्दै नेता महराले पार्टी अनुशासनहित भएको र नेतृत्व समेत अराजक भएको भन्दै केन्द्रितकृत नेतृत्व प्रणाली लागू गर्नुपर्ने विचार समेत व्यक्त गरेका छन् । अध्यक्षको दस्तावेजमा सहमति जनाउ“दै महराले नेतृत्व हस्तान्तरण अहिले नै गर्न नहुने तर विधि बनाएर भने गर्न सकिने औंल्याए । हामी स्वतन्त्र सर्वहारा वर्गीय चिन्तनले अभिप्रेरित भएर आफ्नो पहिचान बनाएर जानु पने भन्दै उनले आफ्नो अलग धार स्थापित गरेर लैजानु पर्ने जनाएका छन् ।

जारी बैठकमा मंगलबार आठ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । धारणा राख्नेहरुमा महराका साथमा बरिष्ठ नेता पोष्टबहादुर बोगटी, विश्वभक्त दुलाल, हिसिला यमी, जनार्दन शर्मा प्रभाकर लगायतका केन्द्रीय सदस्यहरु रहेका थिए । 

बैठकमा आफ्नो धारणा राख्दै बरिष्ठ नेता पोष्टबहादुर बोगटीले यो बेला नेतृत्व परिवर्तन भन्दा पनि नेतृत्व रुपान्तरण गर्ने बेला भएको बताए । पार्टीलाई एकताबद्ध बनाएर संस्थागत विकासमा जोड दिनुपर्ने उनको भनाई थियो । पार्टी कार्यालयमा हुने निर्णयहरु दुई वा तीन जनामा हुने गरेको भन्दै उनले आपत्ति समेत जनाएका थिए । 

नेतृ यमीले निर्वाचनमा प्राविधिक र व्यावहारिक ज्ञान कमी भएकाले हार व्यहोर्नु परेको बताइन् । उनले विरोधीहरु संसदीय खेलमा पारङ्गत भएका र उनीहरुस“गको प्रतिस्पर्दामा हाम्रो कमी भएकाले पराजित हुनुपरेको विचार व्यक्त गरिन् । 

नेता देवेन्द्र पौडेलले पार्टी सुदृढीकरणको विषयलाई जोडतोडका साथ उठाएका छन् । उनले पार्टी नेतृत्वलाई सरकार भन्दा पनि जनता र कार्यकर्तामा जान समेत सुझाएका थिए ।  नया ढंगको क्रान्तिकारी पार्टी निर्माण गर्न बहस र छलफलका साथ परिमार्जन गर्दै लैजानुपर्ने भन्दै पौडेलले पार्टी नेतृत्व हस्तान्तरणको कुरा नेतृत्वले नै गरेको भन्दै प्रक्रिया सुरु गर्न चुनौती समेत दिए ।

जनार्दन शर्माले नेतृत्व परिवर्तन र हस्तान्तरण गर्ने बेला नभएको भन्दै त्यसको लागि गहन छलफल, बहस र उत्तराधिकारी तयार गर्नुपर्ने र बरु नेतृत्व मजबुत पारेर जानुपर्ने उनले विचार व्यक्त गरे । 

बैठकमा दलित नेता पदमलाल विश्वकर्माले दलितहरुको बिषयमा बिशेषाधिकारका बारेमा आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति: January 21, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |